मुख्य समाचार
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग |

गैडहवामा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु

Ujyalosandeshonline 12199+ समाचार ( )
४ माघ २०८०, बिहीबार

गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०८० बिहिबारबाट सुरु भएको छ । वडा नम्बर ८ मा रहेको खेलमैदानमा सुरु भएको प्रतियोगिताको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष पौडेलले पालिका भित्र रहेका हरेक शैक्षिक संस्थाहरुको शिक्षण सिकाईलाई प्रभावकारिता प्रदान गर्न र शिक्षामा गुणस्तरियता ल्याउन किताबी ज्ञानसंगसंगै खेलकुद पनि अनिवार्य रहेको बताउनु भयो । उनले शारीरिक र मानसिक रुपमा स्वस्थ भएका बिद्यार्थीहरुले मात्र आफुलाई अनुशासित, सभ्य र असल ब्यबहार देखाउने र तिनै बिद्यार्थीहरुबाट शैक्षिक कृयाकलापलाई अझ प्रभावकारी रुपमा सहजै ग्रहण गर्ने बताउनुभयो । यसैगरी गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवटले खेलकुदको माध्यमबाट एक बिद्यालयको अनुभव अर्को बिद्यालयले सिक्न पाउने र एक आपसमा हुने आदान प्रदानले पालिकाको हरेक बिकास र योजनामा साझेदार गर्न सकिने बताउनु भयो । प्रतियोगितामा २३० पदकका लागि पालिकाका निजी र संस्थागत गरी ३७ बिद्यालयका बिधार्थीहरुले सहभागिता रहेको छ । प्रतियोगिता माघ ४ देखि ७ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार