मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

गाउँमा नर्सरी, काठमाडौंमा व्यापार

Ujyalosandeshonline 12612+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर साहीले गाउँमा नै फूल तथा इनडोर सजावटका बिरुवाको नर्सरी राखेर काठमाडौंमा बिक्री गरी त्यसबाट राम्रो आम्दानी लिएका छन् । भदौरे कालिका कृषि तथा पशुपन्छी फर्म मन्थलीले उत्पादन गरेका फूल, फलफूल तथा सजावटका बिरुवाहरू अहिले काठमाडौं लगायत देशभर पुगेका छन् । 

लामो समयसम्म बाँझे बसेको आफ्नै जमिनमा दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) निर्माण गरी सो फर्मले व्यावसायिक रूपमा बिरुवा उत्पादन गरी बिक्री गरिहरेको छ । फर्ममा उत्पादित बिरुवा सबै काठमाडौं जाने फर्ममा काम गर्ने कर्मचारी बताउँछन् । आफ्नो जीवन नै फलफूल नर्सरीमा बितेको नर्सरीका सञ्चालक रामबहादुर साही बताउँछन् । केही वर्ष अस्थायी जागिर खाएपछि २०४६ सालदेखि फूलको नर्सरीमा लागेको उनले बताए । 

२०५३ सालबाट काठमाडौंमा आफ्नै नर्सरी र फूल खेती गर्दै आएका रामबहादुरले काठमाडौंको नर्सरी छोराले सम्हाल्न सक्ने भएपछि अहिले गाउँमा नै आएर नर्सरी र फलफूल खेती गर्दै आएका छन् । 

साहीले फलफूलको नर्सरी र फूल खेतीको साथमा गाउँमा नै ड्रागन फ्रुटको समेत खेती गर्दै आएका छन् । अहिले उनका बारीमा ८ सयभन्दा बढी ड्रागन फ्रुटका बोट छन् । यस वर्ष ड्रागन फ्रुटको फल मात्र ६ लाख रुपैँया बढीको बिक्री हुने उनको अनुमान छ । ड्रागन फ्रुट प्रति किलो ३ सयदेखि ३ सय ५० रुपैयाँमा बगैँचाबाट बिक्री हुने उनले बताए । फूल र सजावटका बिरुवा भने सबै काठमाडौं पठाइने उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार