मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छः महामन्त्री पौडेल

Ujyalosandeshonline 12337+ समाचार ( )
१८ माघ २०८२, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ४ बालुवाटारस्थित विशाल मिलन केन्द्रमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले कांग्रेसले युवा पुस्ताको आवाजलाई आत्मसाथ गर्न विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको बताउनुभयो । गत भदौ २३ र २४ गतेको आन्दोलन युवा पुस्ताको आन्दोलन भएका उहाँको भनाइ थियो ।

महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुन नहुने बताउनुभयो । आफूले गत निर्वाचनमा बोलेका सबै कुरा गर्न नसके पनि कुनै नराम्रो काम नगरेको उहाँको भनाइ थियो ।

पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहनुभएका महामन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा स्वास्थ्य बिमालाई उच्च प्राथमिकता दिएको स्मरण गर्दै हाल केही स्थानमा बिमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार