बर्दघाटमा आगामी माघमा ‘प्रथम बर्दघाट एक्सपो २०८२’ आयोजना हुने

Ujyalosandeshonline 11146+ समाचार ( )
२३ पौष २०८२, बुधवार

नवलपरासी । नवलपरासीको बर्दघाटमा ‘स्थानीय उद्योग र व्यापार दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ आगामी माघ १३ गतेदेखि २५ गतेसम्म ‘प्रथम बर्दघाट एक्सपो २०८२’ आयोजना हुने भएको छ। उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा बर्दघाट मण्डपमा सञ्चालन हुने यस मेलाले स्थानीय आर्थिक मेरुदण्डलाई बलियो बनाउनुका साथै स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य राखेको छ। मेलाको प्रचारप्रसारका लागि आज आयोजित एक कार्यक्रममा संघका अध्यक्ष राजु न्यौपाने र नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुलीले संयुक्त रूपमा एक्सपोको लोगो अनावरण गर्नुभयो।

करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस एक्सपोमा लण्डन ब्रिज शैलीको प्रवेशद्वार, जलपरी, र बर्दघाटका १६ वटै वडाका मौलिक उत्पादन झल्किने १६ स्टलहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। मेलामा कृषि यन्त्र, दुग्ध परिकार, विद्यार्थीहरूको विज्ञान प्रदर्शनीका साथै विभिन्न जातजातिका सांस्कृतिक पहिचान र खानाका परिकारहरू समावेश गरिनेछ। यसबाहेक नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि सामूहिक भ्रमण र यातायातको समेत व्यवस्था मिलाइएको छ। महासचिव नारायण भण्डारीले यो मेला सम्पूर्ण बर्दघाटवासीको प्रतिष्ठासँग जोडिएको भन्दै सबैलाई अपनत्व ग्रहण गर्न आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार