मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

"किसान रुँदै छन्, मजदुर थिचिँदै छन्: सरकार कहाँ छ?"

Ujyalosandeshonline 12547+ समाचार ( )
२५ असार २०८३, बिहीबार

भैरहवा । प्रतिनिधिसभा सदस्य ताहिर अली भाटले प्रतिनिधि सभा बैठकमा बोल्दै देशका किसान र मजदुरहरूले भोग्नुपरेका गम्भीर समस्याहरूतर्फ सरकारको कडा ध्यानाकर्षण गराउनुभएको छ। वर्तमान सरकारको कार्यकालमा किसानहरूले इतिहासमै सबैभन्दा बढी दुःख पाएको दाबी गर्दै उहाँले देशका विभिन्न स्थानमा मल, बीउ र सिँचाइको चरम अभाव देखिएको र उत्पादित अन्नले उचित बजार नपाउँदा किसानहरू मारमा परेको बताउनुभयो ।

कृषि मन्त्रालयको संवेदनशीलतामाथि प्रश्न उठाउँदै सांसद भाटले ७५ प्रतिशतभन्दा बढी किसानले धान खेती गरिसक्दा पनि अझैसम्म मल पाउन नसकेकाले समयमै मल उपलब्ध नगराए देशमा भोकमरीको स्थिति आउन सक्ने चेतावनी दिनुभयो।यसैगरी, सांसद भाटले तराई क्षेत्रका उद्योग तथा फ्याक्ट्रीहरूमा मजदुरहरूमाथि भइरहेको श्रम शोषणको मुद्दालाई पनि जोडदार रूपमा उठाउनुभएको छ।

श्रम कानुनविपरीत उद्योगहरूले मजदुरहरूलाई दैनिक १२ घण्टासम्म काम लगाउने गरेको तर सोबापत पाउनुपर्ने ओभरटाइम समेत नदिने गरेको उल्लेख गर्दै उहाँले यस्तो गम्भीर शोषण रोक्न श्रम मन्त्रालय पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने माग गर्नुभयो। मजदुरहरूले आफ्नो श्रमको उचित मूल्य र कानुनसम्मत आठ घण्टा मात्र काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शोषण तत्काल बन्द गर्न उहाँले सरकारसँग माग गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार