मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

दोश्रो वडा कप सुरु, उदघाटन खेलमा गोलिगढ "बी" टिम विजयी

Ujyalosandeshonline 12320+ समाचार ( )
२९ मंगशिर २०८१, शनिबार
भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ को कार्यालयको आयोजनामा दोश्रो वडा कप सुरु भएको छ । शनिबार एक कार्यक्रमका बिछ नगर पालिकाका प्रमुख इस्तियाक अहमद खानले प्रतियोगिताको सुरुवात गरेका हुन।
शनिबार सम्पन्न भएको उदघाटन खेलमा गोलिगढ "बी" टोली विजयी भएको छ । गोलिगढले गोनहियालाई ४ विकेटले पराजित गरेको हो । 
टस हारेर ब्याटिङको निम्तो पाएको गोनहिया टोल सुधार समितिले निर्धारित १० ओभरमा ३ विकेटक्को क्षतिमा १०१ रन बनाएको थियो । उसका लागि त्रिभुवनले ४४ रन र राहुल गुरुङले अविजित २० रन बनाएका थिए । बलिङ तर्फ गोलिगढका सिद्धान्त क्षेत्रीले २ तथा विजय सहानीले १ विकेट लिए । 
१०२ रनको विजयी लक्ष्य सहित मैदान आएको गोलिगढले ९ औ ओभरमै ६ विकेट गुमाउदै जित हासिल गर्‍यो । उसका लागि सुनिल कोइरीले ३२ रन, सिद्धान्त क्षेत्री अविजित २१ रन र आरिफ खानले १६ रन प्रहार गरे ।
बलिङमा गोनहियाका करण कहारले ह्याट्रीक सहित ५ विकेट लिए पनि खराब फिल्डिङको कारण गोनहिया पराजित हुन पुग्यो ।
त्यस अघि भएको उदघाटन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगर पालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवा क्रीकेट खेलाडीको उर्बर भूमी रहेको बताउदै खेललाइ वडामै सिमित नराख्न आग्रह गरे । ठूलो प्रतियोगितामा खेल्ने खेलाडीहरु वडाबाट नै निस्किने हुदा यसलाइ सदुपयोग गर्दै अगाडीको खेलहरुमा भाग लिन उनले आग्रह गरे ।
वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले पूर्वाधार निर्माण मात्र विकास नभएको बताउदै खेलकुदको समेत विकास गरि वडालाइ अगाडी बढाउन वडाकपको आयोजना गरिएको बताए । उनले प्रतियोगितामा विजयी टिमलाइ कर सहित २५ हजार, दोश्रो हुने टिमले १५ हजार नगद प्राप्त गर्ने बताए । 
उदघाटन कार्यक्रममा बोल्दै सिद्धार्थ उध्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, पूर्व अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, वडा नम्बर ७ का वडा अध्यक्ष दामोदर शर्मा लगायतले बोल्दै भैरहवामा क्रीकेटको भविष्य उज्वल भएको बताउदै यसमा निरन्तरता दिन आग्रह गरे । क्रीकेटको विकासमा निजि क्षेत्र र सरकारको सहकार्य महत्वपूर्ण रहेको वक्ताहरुको जोड थियो । कार्यक्रमको सन्चालन वडा सदस्य वसन्त भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार