मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |
मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |


आर्थिक अवस्था यस्तै रहे चल्न सक्दैनौ : ट्रक व्यवसायी

Ujyalosandeshonline 11768+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

भैरहवा । अहिले जस्तै आर्थिक अवस्था रहि रहे चल्न नसक्ने ट्रक व्यवसायीहरुले बताएका छन् । शुक्रबार लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीको १२ औं वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले अहिलेको विषमपरिस्थितिमा ट्रक व्यवसायीले जिविकोपार्जन गर्न कठिन भएको बताएका हुन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले ट्रक व्यवसायमा गरेको लगानी असुरक्षित रहेको बताउँदै संस्था मर्ज गरेर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले भैरहवा भन्सार कार्यालयबाट दैनिक १३० ओटा मालवाहक गाडि नेपाल प्रवेश गर्ने गरेको बताउँदै ८० ओटा गाडि पोल्टि गर्न मिल्ने भएपनि ओभरलोड बोकेर नै हिड्ने गरेको बताए ।

ढुवानी क्षेत्रमा कहिले नाकावन्दीको मार कहिले कोरोना महामारीका विषम अवस्था र आर्थिक मन्दीहरुमा समेत ज्यानको बाजी राखेर विभिन्न समस्या झेल्दै कठिन परिस्थीतीको सामना गर्दै ट्रक व्यवसाय सञ्चालन भएको लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद खरेलले बताए ।

ट्रक व्यवसायी विगत ४ वर्ष यता पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको जिर्ण अवस्थामा रहेको बाटोले गर्दा ट्रकहरुमा टुटफुट भई अत्याधिक खर्च आउने गरेको अध्यक्ष खरेलले बताए  । 

नेपाल ट्रक यातायात व्यवसायी महासंघका उपाध्यक्ष विष्णु प्रसाद न्यौपाने नेपालमा भारतिय ट्रक ट्रेलरहरुले निर्वाध रुपमा नेपाल अधिराज्य भरी ढुवानी गर्दा नेपाली ट्रकहरु घर ग्यारेजमा खडा गर्नु पर्ने अवस्था आएको बताउँदै यातायात सँगै राज्य पनि धरासायी अवस्थामा पुगेको बताए ।

अहिलेको अवस्थामा सबै यातायात व्यवसायीहरु एकजुट भएर हक अधिकारका लागि लाग्नु पर्ने बेला आएको ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यम पाण्डेले बताए ।

यातायात सँगै उद्योगी व्यवसायीहरु पनि पिडित रहेको बताउँदै राज्यले समयमै व्यवसायी बचाउन पहल नगरे सबै विलय हुने उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले बताए ।

लुम्बिनी ट्रक यातायात व्यवसायी संघका कर्मचारी तथा संस्थामा आवद्ध व्यक्तिहरुलाई युसिएमएसका कर्मचारी स्रहको सुविधा दिने युसिएमएसका प्रशासन प्रमुख तेज केसीले बताए ।

कार्यक्रममा महासचिव रुमाखर गौतमले महासचिवको प्रतिवेदन, कोषाध्यक्ष सन्तराम पाण्डेले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए । महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो ।

ट्रक व्यवसायी संघका भावि योजनाहरु

नेपालमा भारतिय एक ट्रेजर निर्वाध संचालन हुनेलाई नेपाल सरकारको ऐन कानुनलाई नै संशोधन गर्नु पर्ने छ साथै विधि विधान अनुरुप निरुत्साहित पार्ने विधिन्न प्रकारका कार्यकम संघका व्यवसायी, मजदुर साथीहरुलाई दुर्घटना न्यूनिकरणका लागि दुर्घटना न्यूनिकरण सचेतनाका सहित प्रशिक्षण कार्यकम गरिने, रक्तदान कार्यक्रम तथा सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिने हो ।

नेपाल एक यातायात व्यवसायी महासंघबाट त्त्तःक् सिस्टम सफ्टवेयर निमार्ण अन्तिम चरणमा रहेको छ । नेपाल भरिका १६ वटा तौलपूल मध्य हाल संचालित ५ वटा स्थानमा लागू भएको छ र उक्त संघ÷ संस्थाहरु मध्ये (१) लुम्बिनी ट्रक यातायात व्यवसायी संघ । बसन्तपुर धर्मकाटा) २) पश्चिमाञ्चल यातायात व्य. समिति (फहरे खोला) ३) राप्ती अज्वल या व्यवसायी समितिको ( लमही ) ४) कोसी ट्रक व्यवसायी संघको (इटहरी) ५) सर्लाही यातायात व्यवसायी संघको (हरिवन) रहेको जानकारी गराइन्छ । उक्त सफ्टवेरले कुनै पनि तौलपुलमा गाडी पुग्दा उक्त गाडीले कति सामान लोड छ भनि सम्बन्धीत सवारी धनीको मोबाईल नंम्बरमा क्ःक् मार्फत जानकारी पाउने व्यवस्था गर्ने, संघका कार्य समिती, उपसमिती, व्यवसायी कर्मचारी एवं मजदुर साथीहरुको दुर्घटना बिमालाई निरन्तरता गरिने रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार