मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

‘प्रजातन्त्र सेनानी र सहिद परिवारका लागि १० करोडको अक्षय कोष बनाऔं’

Ujyalosandeshonline 12614+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रजातन्त्र सेनानी र सहिद परिवारको लागि अभिलेख बनाउनुपर्ने बताएका छन् । कांग्रेस निकट प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र सेनानीहरुको अभिलेख पार्टी कार्यालयमा राख्नुपर्ने बताएका हुन् ।

उनले  भने, ‘हामीले १० करोडको अक्षय कोष बनाउने भनेर महासमिति बैठकमा कुरा गरेका छौं । केन्द्रिय समितिको  बैठकपछि गर्ने अभियान छ । अक्षय कोष जम्मा  दुईवटालाई मात्र दिने लक्ष्य हो । प्रजातन्त्र सेनानी परिवार र सहिद परिवारको लागि दुईवटा क्याटागोरीलाई समावेश गरेर यसको नियमावली बनाएर प्रजातन्त्र सेनानी र सहिद परिवारको सदस्यहरुलाई शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने छौं । ’

साथै उनले अरु व्यवस्था राज्यले गर्नुपर्ने बताए । उनले कांग्रेस पार्टीलाई जोगाउन आफूले ठुलो भूमिका खेलेको समेत उल्लेख गरेका छन् ।

उनले  भने, ‘नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरूको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस्, बोल्न पाइयोस् । पार्टीले गर्ने निर्णयहरूको कारणले गर्दा तपाईँहरू कसैको शिर ननिहुरियोस् । कहाँ बसेर हामीले एउटा निर्णय गरेका हुन्छौं, त्यो निर्णय गलत भयो भने अथवा गलत व्यक्ति छानियो भनेदेखि गाउँमा बसेको एउटा कांग्रेसले अनावश्यक ढंगले त्यसको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था आउँछ । कतिपय कुरा परिणाममा पुर्याउन नसकिएको होला । तर प्रयत्न गर्ने कुरा छोडेको छैन्, छोड्दैनौं ।’

महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता जनाए । पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पु¥याउने उनको भनाइ थियो ।

पार्टीले गर्ने निर्णयहरूलाई शुद्ध र पवित्र राख्ने पनि बताए । पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको थापाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार