मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रमोद यादवको उम्मेदवारी: मर्चवारको विकास नै मुख्य एजेण्डा

विवेक विश्वकर्मा 26+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ४ बाट पूर्व सांसद प्रमोद कुमार यादवले आगामी निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ। उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले आफू विगत १० वर्षदेखि मर्चवार क्षेत्रको राजनीतिमा सक्रिय रहेको र यहाँको माटो तथा जनतासँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो। उहाँले वि.सं. २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भई यस क्षेत्रको विकासका लागि धेरै पहलहरू गरेको स्मरण गर्दै बीचमा कोभिड महामारीका कारण केही योजनाहरू अधुरो रहेको उल्लेख गर्नुभयो।

वि.सं. २०७९ को निर्वाचनमा झिनो मतान्तरले पराजित भए पनि त्यस यताका वर्षहरूमा मर्चवार क्षेत्रको विकास निर्माणका कार्यहरू सुस्त भएको यादवको ठम्याई छ। उहाँले यस क्षेत्रका अभिभावक र जनताको माया तथा सद्भावकै कारण आफूले पुनः निर्वाचनमा होमिने निर्णय गरेको बताउनुभयो। मर्चवारको सर्वांगीण विकास, यहाँका बालबालिकाको उज्ज्वल भविष्य र अधुरा रहेका पूर्वाधारका कामहरूलाई पूर्णता दिनु नै आफ्नो मुख्य लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो। नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका यादवले यसपटक यहाँका जनताले विकास र समृद्धिका लागि आफूलाई पुनः अवसर दिनेमा पूर्ण विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार