मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रमोद यादवको उम्मेदवारी: मर्चवारको विकास नै मुख्य एजेण्डा

विवेक विश्वकर्मा 26+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ४ बाट पूर्व सांसद प्रमोद कुमार यादवले आगामी निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ। उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले आफू विगत १० वर्षदेखि मर्चवार क्षेत्रको राजनीतिमा सक्रिय रहेको र यहाँको माटो तथा जनतासँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो। उहाँले वि.सं. २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भई यस क्षेत्रको विकासका लागि धेरै पहलहरू गरेको स्मरण गर्दै बीचमा कोभिड महामारीका कारण केही योजनाहरू अधुरो रहेको उल्लेख गर्नुभयो।

वि.सं. २०७९ को निर्वाचनमा झिनो मतान्तरले पराजित भए पनि त्यस यताका वर्षहरूमा मर्चवार क्षेत्रको विकास निर्माणका कार्यहरू सुस्त भएको यादवको ठम्याई छ। उहाँले यस क्षेत्रका अभिभावक र जनताको माया तथा सद्भावकै कारण आफूले पुनः निर्वाचनमा होमिने निर्णय गरेको बताउनुभयो। मर्चवारको सर्वांगीण विकास, यहाँका बालबालिकाको उज्ज्वल भविष्य र अधुरा रहेका पूर्वाधारका कामहरूलाई पूर्णता दिनु नै आफ्नो मुख्य लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो। नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका यादवले यसपटक यहाँका जनताले विकास र समृद्धिका लागि आफूलाई पुनः अवसर दिनेमा पूर्ण विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार