मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार | ‘अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याइने’ | विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छः अध्यक्ष दाहाल | भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेका पाँच नेपालीसहित ६ जना पक्राउ | नेपालबाट तस्कर गरी भारत पुर्‍याइएको ७२ बोरा चाइनिज लसुन एसएसबीद्वारा बरामद | बढ्दैछ महोत्तरीमा कोदोखेती | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग | सरकारलाई विपक्षी दलको सन्देशः ‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’ | उद्योगमन्त्री यादवद्वारा राजीनामा | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग |

पूर्वी नाका काँकरभिट्टाबाट एक वर्षमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

Ujyalosandeshonline 12284+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२–८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार यो अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन ।

काँकरभिट्टा नाकाबाट कूल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन्। कूल आगमनको ५३ प्रतिशत अर्थात् चार हजार नौ सय ९४ जना भुटानी नागरिक रहेका छन् भने दोस्रो स्थानमा दुई हजार एक सय ५२ जना (२३ प्रतिशत) अमेरिकी नागरिक भित्रिएका छन् । कार्यालयको तथ्याङ्कअनुसार पूर्वी नाकामा पुस र माघ महिनालाई मुख्य पर्यटकीय यामको रूपमा लिइएको छ। पुस महिनामा सबैभन्दा बढी एक हजार आठ सय ५० जना र भदौ महिनामा सबैभन्दा कम दुई सय १६ जना पर्यटक नेपाल भित्रिएका थिए ।

पुस र माघ महिनामा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा वरपर रहेका आफन्त भेटघाट गर्नका साथै खोटाङको हलेसी महादेवको दर्शन एवं तीर्थयात्राका लागि आउने गरेकाले सो समयमा चाप बढेको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन कार्यालयले सन् २०२४ अगस्टदेखि मात्र यस नाकाबाट पूर्ण रूपमा सेवा सुरु गरेकाले धेरै विदेशी पर्यटकलाई यो मार्ग प्रयोग गर्नेबारे अझै पर्याप्त जानकारी भइनसकेको कार्यालयको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार