मुख्य समाचार
लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खान पक्राउ | चक्रवात ‘अर्नब’को प्रभाव: नेपालमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह | गरुडाको मेयरमा कांग्रेस नेत्री रंगीला देवी जयसवालद्वारा उम्मेदवारी घोषणा | बेनीघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न | दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे | कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल | एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार | सांसद पौड्यालद्वारा मानवसेवा आश्रममा आश्रितहरूसँग दशैंको खुसी साटासाट | अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा | धनुषामा श्रीमान्–श्रीमती मृत फेला |

पूर्वी नाका काँकरभिट्टाबाट एक वर्षमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

Ujyalosandeshonline 12590+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२–८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार यो अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन ।

काँकरभिट्टा नाकाबाट कूल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन्। कूल आगमनको ५३ प्रतिशत अर्थात् चार हजार नौ सय ९४ जना भुटानी नागरिक रहेका छन् भने दोस्रो स्थानमा दुई हजार एक सय ५२ जना (२३ प्रतिशत) अमेरिकी नागरिक भित्रिएका छन् । कार्यालयको तथ्याङ्कअनुसार पूर्वी नाकामा पुस र माघ महिनालाई मुख्य पर्यटकीय यामको रूपमा लिइएको छ। पुस महिनामा सबैभन्दा बढी एक हजार आठ सय ५० जना र भदौ महिनामा सबैभन्दा कम दुई सय १६ जना पर्यटक नेपाल भित्रिएका थिए ।

पुस र माघ महिनामा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा वरपर रहेका आफन्त भेटघाट गर्नका साथै खोटाङको हलेसी महादेवको दर्शन एवं तीर्थयात्राका लागि आउने गरेकाले सो समयमा चाप बढेको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन कार्यालयले सन् २०२४ अगस्टदेखि मात्र यस नाकाबाट पूर्ण रूपमा सेवा सुरु गरेकाले धेरै विदेशी पर्यटकलाई यो मार्ग प्रयोग गर्नेबारे अझै पर्याप्त जानकारी भइनसकेको कार्यालयको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार