मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

अर्घाखाँचीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया: देशको राजनीतिक संकट र निकासमा छलफल

अनिल नेपाली 141+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति अर्घाखाँचीको आयोजनामा आज सन्धिखर्कमा 'देशको राजनीतिक परिस्थिति र निकासको प्रश्न' विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा पूर्व संविधानसभा सदस्य सन्तबहादुर नेपालीको प्रमुख आतिथ्यता रहेको थियो।

नेता नेपालीले जेन्जी आन्दोलनपछि नेपालको राजनीति विषम स्थितिमा रहेको बताउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूलाई संवाद, सहकार्य र एकता मार्फत देशको वैकल्पिक शक्तिको रूपमा अगाडि आउन आह्वान गर्नुभयो। उहाँले भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनलाई देशी-विदेशी शक्तिले आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गर्न खोजेको आरोप लगाउनुभयो।

नेपालीले देश प्रतिगमनमा गइरहेको र यथास्थितिवादी शक्तिहरूले यही संविधानको संरक्षण गर्दै समस्याको समाधान खोज्न चाहेको बताउनुभयो। उहाँका अनुसार सेनाको निर्देशनमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने प्रयास केवल यथास्थितिलाई देखाउने प्रपञ्च मात्र हो। "देश एक हिसाबले प्रतिगमनमा गएको छ, यसबाट मुक्तिको लागि यथास्थितिवादको संरक्षण गरेर हुँदैन, क्रान्तिकारी परिवर्तनको लागि क्रान्तिकारीहरू अगाडि आउनु पर्छ," नेता नेपालीले भन्नुभयो। उहाँले अहिलेको राजनीतिक सत्ता परिवर्तनले आधार संरचनाको परिवर्तन गर्न नसक्ने र विदेशी चलखेल बढ्ने धारणा राख्नुभयो।

जिल्ला सचिव राजेन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा समाजसेवी व्यक्तित्वहरूले कार्यपत्रमाथि आ-आफ्ना भनाइ राखेका थिए। वक्ताहरूले देश कठिन परिस्थितिमा पुगेको भन्दै सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएर निकास खोजिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले युवाको भावनालाई बुझेर काम गर्न सकेमा मात्र वर्तमान समस्या समाधान हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार