मुख्य समाचार
नेपालबाट तस्कर गरी भारत पुर्‍याइएको ७२ बोरा चाइनिज लसुन एसएसबीद्वारा बरामद | बढ्दैछ महोत्तरीमा कोदोखेती | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग | सरकारलाई विपक्षी दलको सन्देशः ‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’ | उद्योगमन्त्री यादवद्वारा राजीनामा | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग | बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु | तरकारीको विषादी परीक्षण बढाइँदै | भोटेकोशी बाढी प्रभावित नुवाकोटको देवीघाटमा सेनाद्वारा एक्रो ब्रिज जडान सम्पन्न | चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार |

तरकारीको विषादी परीक्षण बढाइँदै

Ujyalosandeshonline 12280+ समाचार ( )
२५ भाद्र २०८३, बिहीबार

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ । यससँगै किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्री गर्नेक्रम घटाएको पाइएको हो । यहाँ रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा वार्षिक रुपमा तरकारी परीक्षण दर बढ्दै गएको छ । तरकारीमा विषादीको प्रयोग बढ्न थालेसँगै परीक्षणलाई तीव्र पारिएको हो ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर तरकारी तथा फलफूल थोकबजार परिसरमा रहेको सो प्रयोगशालामा गत आर्थिक वर्षमा मात्र एक हजार १७२ वटा नुमनाको परीक्षण गरिएको थियो । सो परिसरमा आएका चितवनसहित जुनसुकै जिल्लाका तरकारीको नमुना लिइ विषादी परीक्षण गर्ने गरिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा गरिएको परीक्षणका क्रममा ३५ प्रतिशतभन्दा कम विषादी भएका (उपभोग्य) एक हजार १५८ नमुना  छन् । 

यस्तै, १० वटा नमुना ३५ देखि ४५ प्रतिशत विषादी प्रयोग भएको पाइएको छ । यस्ता नमुनालाई उपभोग गर्न केही दिन पर्खनुपर्ने हुन्छ । चार वटा नमुना ४५ प्रतिशतभन्दा बढी विषादी देखिएपछि बिर्सजन गरिएको उहाँले जानकारी दिनुभयो । पैँतालिस प्रतिशतभन्दा बढी विषादी देखिएका तरकारी बिक्रीवितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पर्ने हुँदा ती नमुनासहित सो नमुना सङ्कलन गरिएका ठाउँको तरकारी बिर्सजन गरिएको हो । आव २०८१/८२ मा प्रयोगशालाले ९०७  तरकारीका नमुनाको परीक्षण गरिएको थियो । त्यसमा बिर्सजन गर्नुपर्ने पाँच वटा, केही दिनपछि उपभोग गर्न सकिने आठ वटा र उपभोग गर्न सकिने ८९४ वटा नमुना रहेका थिए । 

यस्तै, आव २०८०/८१ मा ५९०  नमुनाको परीक्षण गरिएको थियो । चार वटा नमुना बिर्सजन गर्नुपर्ने, नौ वटा केही दिन राखेर मात्र प्रयोग गर्नुपर्ने र ५७७ वटा नमुना उपभोग्य भेटिएको थियो । यस प्रयोगशालामा गोलभेडा, तनेबोडी, सिमी, भान्टा, भेडेखुर्सानी, काउली, बन्दा, करेला, काँक्रो, साग, घ्युसिमीलगायत तरकारीको तथा फलपूmलमा बढीमात्रामा विषादी परीक्षण गर्ने गरिन्छ । कँडेलका अनुसार परीक्षण हुने भएपछि किसानले विषादी प्रयोग गरेलगत्तै बिक्री गर्न ल्याउनेक्रम घटेको छ । किसानलाई विषादी प्रयोग गरेसँगै मानव स्वास्थ्यमा असर पर्नेगरी बजारमा नल्याउन सचेतना जगाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार