मुख्य समाचार
पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने | पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द |
मुख्य समाचार
पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने | पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द |


आशा जगाउने गरी बजेटको तयारी गर्दैछौं : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11514+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यथार्थ धरातलमा टेकेर ल्याइने बताएका छन् । सरकारमा सहभागी राजनीतिक दलका प्रमुखहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथार्थ धरातलमा आधारित भएर तयार पार्ने बताएका हुन् ।

सरकारले घाटा बजेट पनि नबनाउने र प्रदेशको वास्तविक अवस्था अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउने उनले स्पष्ट पारे । ‘सरकारले सन्देश दिने गरी, आशा जगाउने गरी नीति तथा कार्यक्रम र बजेटको तयारी गर्दैछ । यसमा तपाईंहरूको सुझावलाई आधार मानेर समावेश गर्नेछौं’ उनले भने–‘प्रदेशको आम्दानीअनुसार हाम्रो बजेटको आकार ३१ देखि ३२ अर्ब वरिपरि आउनेछ । यही आधारमा थोरै लगानीमा पनि प्रतिफल आउने खालका कार्यक्रम के–के हुन सक्छन् भन्नेमा सुझाव आवश्यक छ ।’ सरकारले नीति तथा कार्यक्रमलाई आधार मानेर वार्षिक बजेट बनाउने भएकाले आगामी वर्षको बजेट नीति तथा कार्यक्रमभन्दा बाहिरको नहुने पनि उनले स्पष्ट पारे ।

कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले अनुसन्धानको आधारमा नीति तथा कार्यक्रम र बजेट बनाउन सुझाव दिए । सरकारमा सहभागी दलहरूको प्रतिबद्धता केलाएर जनतालाई गरिएको वाचा अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेमा उनले जोड दिए । ‘थोरै बजेटले धेरै काम हुने गरी बजेट ल्याउन जरुरी छ । सम्पन्न हुने योजनाको सूची बनाएर बजेटको प्राथमिकतामा राख्नुपर्नेछ’उनले भने–‘बलियो सरकार छ । यसले राजस्व बढाउने गरी कार्यक्रम ल्याउन सक्नुपर्छ ।’

नीति तथा कार्यक्रममा गर्न सकिने कार्यक्रम मात्रै समावेश गर्नुपर्ने र बजेटले आशा जगाउने गरी कार्यक्रमहरूको प्राथमिकता निर्धारण गर्नुपर्ने उनले दिए ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशप्रति आकर्षण बढाउने गरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए ।

प्रदेश सरकारले आफ्नो अधिकार प्राप्ती र कार्यान्वयनमा खुट्टा कमाउनु नहुने भन्दै संविधानले दिएका अधिकारहरू कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेमा उनले जोड दिए । ‘सुशासनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन जरुरी छ’ उनले भने–‘प्रदेशको विकासमा लुम्बिनीलाई जोडेर पर्यटनलाई आधार बनाउन सकिन्छ ।’

नेकपा (एमाले) लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले नीति तथा कार्यक्रमले आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘जनतालाई तुलनात्मक रूपमा सन्तुष्टि हुने गरी नीति तथा कार्यक्रम ल्याउन जरुरी छ । भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्नुस्’उनले भने–‘उत्पादनशील क्षेत्रमा प्राथमिकता राखेर बजेट ल्याउन जरुरी छ ।’ सबैको अपनत्व रहने गरी नीति तथा कार्यक्रम बनाउनुपर्ने, भौतिक निर्माण, बाटो–घाटोलाई मात्रै बजेट नराखी कृषि, शिक्षा, स्वास्थ्य, उद्यम विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतक तुलसी प्रसाद चौधरी, एमाले लुम्बिनी प्रदेशका सचिव लक्ष्मण आचार्य लगायतले सहमति अनुकूल दृष्टिकोण उन्मुख बजेट ल्याउनुपर्ने, प्राप्त स्रोतलाई सही परिचालन गर्ने गरी नीति तथा कार्यक्रम बनाउन सुझाव दिएका थिए ।बैठकमा मन्त्री तथा राजनीतिक संयन्त्रमा सहभागी दलका प्रतिनिधिहरू, प्रदेश योजना आयोगका पदाधिकारी तथा सचिवको सहभागीता थियो । बैठकबाट प्राप्त सुझावलाई आधार मानेर नीति तथा कार्यक्रम र बजेट निर्माणमा जोड दिइने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार