मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

असारमा १२ औँ महाधिवेशन गर्ने नेविसंघको प्रस्ताव

Ujyalosandeshonline 11005+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेको छ । मातृ पार्टी नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेका बेला नेविसंघले महासमिति बैठकमा संकल्प र परिकल्पनापत्र प्रस्तुत गर्दै महाधिवेशनको मिति समेत प्रस्ताव गरेको हो । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघका तर्फबाट महाधिवेशनको कार्यतालिकासहित नीति, योजना र परिकल्पनाबारे महासमितिमा जानकारी गराइएको बताए । ‘अहिले महाधिवेशनको मिति प्रस्तावित हो । यो महासमिति बैठकमा पेश भएको छ,’ उनले भने, ‘पार्टीले अनुमोदन गरिदिएको अवस्थामा हामी केन्द्रीय समितिको बैठकबाट निणर्य लिएर अघि बढ्छौँ ।’

उनका अनुसार बैशाख २५ गतेभित्र प्रतिनिधि चयन गरिसक्ने, जेठ १ गते क्याम्पस अधिवेशन गर्ने र जेठ ३ गते स्थानीय गाउँ÷नगर अधिवेशन गर्ने प्रस्तावित कार्यतालिका छ ।

त्यस्तै, जेठ ६ देखि १० गतेसम्म उपत्यकाभित्रका क्याम्पस विश्वविद्यालयहरुमा अधिवेशन गर्ने, जेठ १६ गते ७७ वटै जिल्लाको अधिवेशन गर्ने र जेठ २५ गते प्रदेशको अधिवेशन गर्ने नेविसंघको प्रस्ताव छ ।

त्यसपछि असार ११ गते १२ औँ केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरिएको अध्यक्ष शेर्पाले बताए । ‘हाम्रो केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका पास गरेर जान्छौँ,’ उनले भने, ‘केही तलमाथि हुनसक्छ, तर एकवर्षभित्र महाधिवेशन गर्ने कुरामा हामी प्रतिवद्ध छौँ ।’

नेविसंघले पार्टीको महासमिति बैठकमा सरकारले अन्तर्राष्ट्रिय फोरममा जाहेर गरेका प्रतिवद्धता अनुरुप तीन वटै तहका सरकारले बजेटको कम्तिमा २० प्रतिशत शिक्षा र अध्ययन अनुसन्धन क्षेत्रकालागि विनियोजनको सुनिश्चितता गरिनुपर्ने संकल्प गर्न प्रस्ताव राखेको छ ।

त्यस्तै, युवा तथा विद्यार्थी विदेश पलायन अर्थात् ब्रेनड्रेनको समस्यालाई समाधान गर्न नेपालको शिक्षा प्रणालीमा समावेश गर्नुपर्ने, कमाउँदै पढ्दै गर्ने नीतिलाई अवलम्बन गर्दै विद्यालय उच्च शिक्षा विधेयक परिमार्जन गरिनुपर्ने, विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने व्यवस्थालाई पुनरावलोकन गरिनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार