मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

Ujyalosandeshonline 11768+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा नेटवर्कले राम्रोसँग काम नगर्दा टेलिफोन सम्पर्कविहीन अवस्थामा उत्पन्न भएको स्थानीय डिल्ली कामीले बताउनुभयो ।

देशका धेरै ठाउँमा फोरजी डाटा, निःशुल्क वाइफाइ र डिजिटल सेवाको चर्चा भइरहँदा हिँयाखोलाका स्थानीय अझै पनि नेटवर्क खोज्दै डाँडा उक्लन बाध्य भएका उहाँको भनाइ छ । देशभर चुनावी माहोल तातिएको बेला विभिन्न सूचना, राजनीतिक समाचारलगायत अन्य गतिविधिको जानकारी लिनका लागि गाउँबाट एक घण्टा हिँडेर नेटवर्क आउने ठाउँमा जानुपर्ने बाध्यता रहेको स्थानीय लोकेशजङ्ग विश्वकर्माले बताउनुभयो । 

“बिरामी पर्दा स्वास्थ्यकर्मीलाई फोन गर्न सकिँदैन । एम्बुलेन्स बोलाउन झन् गाह्रो भएको छ । देश चुनावमा होमिएको छ, तर हामीले सूचनाकै लागि सङ्घर्ष गर्नु परिरहेको छ”, उहाँले भन्नुभयो,“यसका साथै वैदेशिक रोजगारीमा रहेका आफन्तसँग सम्पर्क गर्न पनि कठिन छ । यस विषयमा पटक–पटक जनप्रतिनिधि र सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधान हुनसकेको छैन ।”

वडा नं ४ का अध्यक्ष विशाल खड्काले टेलिकमले गाउँपालिका–४ स्थित हाँकु गाउँको लाग्नामा रहेको टावरको क्षमता घटाउँदा यो समस्या आएको बताउनुभयो । नेपाल टेलिकमका जुम्ला शाखा प्रमुख पारश पुजारा भने लाग्नामा रहेको टावरको क्षमताभन्दा बढी ग्राहक रहेकाले हिँयाखोला गाउँसम्म नेटवर्कको क्षमताले धान्न नसकेको बताउनुहुन्छ । “नेटवर्कको ९७ प्रतिशत क्षमता प्रयोग भइसकेको हुनाले समस्या आएको छ । एक महिनाभित्र फोरजीको अर्को एउटा ब्यान्ड थप्ने योजना छ । काम सम्पन्न भएपछि समस्या समाधान हुनेछ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार