मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला

Ujyalosandeshonline 12612+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन् । सोमबार विहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित संघका नेताहरुसंगको भेटमा बोल्दै डा.कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नेभएकाले सोही अनुसारको तयारी गर्न नेता एवम कार्यकर्ताहरुलाई आग्रह समेत गरे । 

‘कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला। दशै तिहारको रमाइलोमा मात्रै होइन जनताको सुखदुखमा पनि पुग्नुस, दशैंको शुभकामना,’ डा. कोइरालाले भने । कांग्रेसमा पैसा नहुनेहरुले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५औं महाधिवेशन पर्खनुपर्ने बताए ।

‘१५ औं महाधिवेशन पछि यस्तो धारणा हटेर जान्छ । इमान्दार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित गरिछाड्छौ,’ उनको भनाइ थियो । सो अवसरमा दलित संघका केन्द्रीय सदस्य मुक्तबहादुर महतेले नेता कोइरालासँगको भेटमा दलित संघको आगामी गतिविधि, राजनीतिमा दलित समुदायको निर्णायक उपस्थिति लगायतका विषयमा छलफल भएको जानकारी दिए । सो क्रममा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरु सरिता प्रसाई, प्रकाश स्नेही , सञ्जय गौतम, सांसद सीता मिजार लगायत उपस्थित थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार