मुख्य समाचार
दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल |

फैसला कार्यान्वयनका लागि १४ फरार प्रतिवादी पक्राउ

Ujyalosandeshonline 12462+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

रौतहट । रौतहट प्रहरीले १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा  लागुऔषध, जुवा, कुटपिट, जालसाजी, वन ऐन उल्लघंन तथा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दामा सजाय तोकिएका प्रतिवादीहरू छन्।

कुटपिट तथा लुटपिट मुद्दामा कमल साह तेली र शुभ नारायण साह पक्राउ परेका छन् भने, जालसाजी अभियोगमा बद्री पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी दीपककुमार रायले बताए ।

उनका अनुसार सम्बन्ध विच्छेदसम्बन्धि मुद्दामा मो असलमलाई पक्राउ गरिएको छ। लागूऔषध मुद्दामा प्रेम राना, सागर अर्याल, विन राना मगर (किरण राना मगर) र सन्तमान लामा (सन्चरमान तामाङ), जुवा खेल्ने अभियोगमा किशोर कुमार चौधरी, राम दिनेश साह र शिवराज अधिकारी क्षेत्री पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका १४ जनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रवक्ता रायले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटले फरार रहेका प्रतिवादीलाई पक्राउ अभियान नै संचालन गरेको छ ।अदालतको आदेशअनुसार फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार