मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सिद्धार्थनगरमा छाडा कुकुरको बन्ध्याकरण शिविर

Ujyalosandeshonline 11005+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

भैरहवा । रेबिजको प्रकोप न्यूनीकरण र छाडा कुकुरको संख्या कम गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा बुधबारदेखि एकहप्ते ‘छाडा कुकुर बन्ध्याकरण शिविर’ सञ्चालन गरिएको छ । चालु आर्थिक बर्षमा सिद्धार्थनगरले यो शिविर दोस्रोपटक आयोजना गरेको हो । 

छाडा कुकुर बन्ध्याकरणका लागि सन् २०१० देखि नेपालमा काम गर्दै आएको संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोग, सिद्धार्थनगर नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । 

नगर क्षेत्रमा देखापरेका भाले र पोथी छाडा कुकुरलाई नियन्त्रणमा लिई गाडीबाट शिविरस्थलमा ल्याई लठ्याएर बन्ध्याकरण गरिनुको साथै एक बर्षसम्मका लागि हुने गरी रेविजको भ्याक्सिन (खाप) लगाइदिएपछि कुुकरलाई यथास्थानमै छाडिदिने गरिएको छ । बन्ध्याकरण गरिएको र एक वर्षका लागि रेबिज भ्याक्सिन लगाइएको जानकारीका लागि कुकुरको देब्रे कानमा यु आकारले चिरेर संकेत दिने गरिएको छ ।हिमालयन एनिमल रेस्क्यु ट्रष्टका संस्थापक तथा सञ्चालक खगेश्वर भट्टराईले शिविर अवधिमा धेरै भन्दा धेरै कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको बताए ।

छाडा कुकुरको संख्या कम गरी रेबिजको प्रकोप न्यूनीकरण गर्नका लागि सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्ष यो दोस्रोपटक शिविर आयोजना गरेको हो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले नगरमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तर सञ्चालन गरिएको र यसले बजारमा छाडा कुकुर धेरै कम हुँदै गएको बताए ।

सन् २०३० सम्ममा विश्वबाट रेबिज उन्मुलन गर्ने अभियान सञ्चालन छ । पशु कल्याण निर्देशिका २०७३ ले कुनै पनि कुकुर मार्न नपाइने व्यवस्था गरेको छ । ‘संख्यामा वृद्धि नहुने गरी कुकुर सबै कुकुर व्यवस्थापन गर्ने हाम्रो उद्देश्य हो’, नगर प्रमुख खाँले भने–‘यस्ता शिविर सञ्चालन गरेर बन्ध्याकरण गरेमा संख्या वृद्धि हुँदैन । खोप पनि लगाइने भएकाले रेबिजको जोखिम पनि कम हुन्छ ।’ उनले आफ्ना टोलछिमेकमा बन्ध्याकरण नगरिएका कुकुर भएमा नगरपालिकालाई खबर गरी बन्ध्याकरण अभियानलाई सफल बनाउन समेत उनले नगरबासीलाई आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार