मुख्य समाचार
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन | गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि स्पष्ट कार्यतालिका ल्याउन सांसद अग्रवालको माग | महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी | सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा | बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार | प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै | कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस | फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट | अर्घाखाँचीमा अवैध मदिरासहित बस र चालक नियन्त्रणमा | नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता |

नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

Ujyalosandeshonline 12373+ समाचार ( )
५ अशोज २०८३, सोमबार

काठमाडौँ । नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच विपन्न, ज्येष्ठ नागरिक, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका नागरिकको निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रियाका लागि सहयोग उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले कार्यक्रम सञ्चालनका लागि अस्पताललाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनेछ । अस्पतालले समुदायमा पुगेर आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन गर्नेछ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंका अनुसार उक्त कार्यक्रम आर्थिक वर्ष २०८३÷८४ देखि २०८७÷८८ सम्म सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशमा समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ । पहिलो वर्ष गण्डकी प्रदेशमा कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै, बागमती र मधेस प्रदेशमा कार्यक्रम विस्तार गरिनेछ ।

कार्यक्रममा ज्येष्ठ नागरिक, आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा पिछडिएका समुदायका मोतियाबिन्दुको जोखिममा रहेका व्यक्तिलाई प्राथमिकता दिइनेछ । अस्पतालले समुदायमै पुगेर आँखा रोगको पहिचान, आवश्यक परामर्श तथा मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउने छ ।

अस्पतालले पाँच वर्षमा ४५ वटा आँखा परीक्षण शिविर सञ्चालन गरी करिब १५ हजार जनाको आँखा परीक्षण गर्ने लक्ष्य राखेको छ । त्यस्तै, १५ वटा शिविरमार्फत करिब एक हजार जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ । आर्थिक तथा भौगोलिक कारणले गुणस्तरीय आँखा उपचार सेवाबाट वञ्चित समुदायलाई सेवा उपलब्ध गराउन कार्यक्रमले सहयोग पुग्ने अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार