मुख्य समाचार
डाँढा गाउँ जलाशय | गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने | ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ | अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह | राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा | मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन | औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी | ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह | डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ |

नेपाल प्रहरीले माग्यो १२८ नयाँ कर्मचारीका लागि आवेदन

Ujyalosandeshonline 11775+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूह अन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न आवेदन खुला गरेको जनाएको छ ।  ती पदहरुमा योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्ने गरी ब्यवस्था मिलाइएको छ ।  

आवेदन माग गरिएका पदहरुमा संचार निर्देशनालय तर्फ उपसमूह इन्जिनियरिङमा ३५, सूचना प्रविधि निर्देशनालय तर्फ उपसमूह इन्जिनियरिङमा १६, भौतिक पूर्वाधार निर्देशनालय तर्फ उपसमूह इन्जिनियरिङमा ८, सवारी महाशाखा तर्फ उपसमूह इन्जिनियरिङमा ४, नेपाल प्रहरी केनाईन कार्यालय तर्फ उपसमूह केनाईमा ३, हातहातियार मर्मत शाखा तर्फ उपसमूह हातहतियारमा १, नेपाल प्रहरी अस्पताल तर्फ उपसमूह स्वास्थ्य ६१ गरि कूल १२८ जना कर्मचारीको लागि आावेदन खुला गरेको भर्ना छनोट शाखाले जनाएको छ । 

इन्जिनियरिङ उपसमूह तर्फ संचार निर्देशनालय अन्तरगतका पदहरुको दरखास्त दर्ता नेपाल प्रहरी प्रधान कार्यालय, संचार निर्देशनालय नक्सालमा गर्ने व्यवस्था गरिएको छ । 

यस्तै इन्जिनियरिङ उपसमूह तर्फ सूचना प्रविधि निर्देशनालय अन्तरगतका पदहरुको लागि प्रहरी प्रधान कार्यालय, सूचना प्रविधि निर्देशनालयमा, इन्जिनियरिङ उपसमूह तर्फ भौतिक पूर्वाधार निर्देशनालय अन्तरगतका पदहरुको भौतिक पूर्वाधार निर्देशनालयमा, इन्जिनियरिङ उपसमूह तर्फ सवारी महाशाखा अन्तर्गतका पदको प्रधान कार्यालयको सवारी महाशाखामा, केनाईन उपसमूह तर्फ नेपाल प्रहरी केनाईन कार्यालय अन्तर्गतका पदहरुको नेपाल प्रहरी केनाईन कार्यालयमा, हातहतियार उपसमूह तर्फ हातहतियार मर्मत शाखा अन्तर्गत पदहरुले प्रहरी प्रधान कार्यालयको हातहतियार मर्मत शाखामा र स्वास्थ्य तर्फको दरखास्त दर्ता नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा गर्न मिल्ने गरि व्यवस्था गरिएको भर्ना छनोट शाखाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार