मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

स्थानीय तहमा न्यायिक समिति अब्बल भए गाउँ मै न्याय पाइन्छ : अध्यक्ष त्रिपाठी

Ujyalosandeshonline 12543+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

मर्चवार  । कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले स्थानीय तहमा न्यायिक समिति अब्बल भए गाउँमा न्याय पाएपछि गाउँ मै सिंहदरबारको अनुभुति हुने बताए । कोटहीमाई गाउँपालिकाद्वारा आयोजित न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुलाई ९ दिवसीय आधारभूत आलिमको  उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष त्रिपाठीले सो कुरा बताएका हुन् ।

‘हरेक सानातिना विवाद विभिन्न टोल बस्तीबाटै सुरु हुने गर्दछ, हरेक वडाबाट सहभागी भएका मेलमिलापकर्ताहरुले विवाद निवारण गरी सहमति गराउन सके तालिमको अर्थ र न्यायिक समितिको उपलब्धि हुने छ ।’ अध्यक्ष त्रिपाठीले भने । आफ्नो समाजका विभिन्न विवादहरु सहज र दुबै पक्षलाई चित्तबुझदो सहमति गराउन सके मेलमिलापकर्ताहरुको तालिमको सार्थक हुने अध्यक्ष त्रिपाठीले बताए । उनले भने ‘हाम्रो समाजमा अन्याय निकै सहज भएको र न्याय निकै महगों भएको छ । न्याय पाउन धेरै समय लाग्ने गरेको हुन्छ । सबैको जागरुक र न्यायलयको सक्रियताले भारत भन्दा नेपालमा छिटो न्याय पाइने गरेको छ ।’

कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले तालिममा सहभागीले उत्साहपुर्वक तालिम लिन आग्रह गरिन । समाजका विवादहरु निवारण गर्न तालिम प्राप्त गर्नेहरु कै प्रमुख भुमिका रहेको भन्दै समाजमा भइरहेको विवादलाई  लक्षित गरी तालिम लिन र तालिमका प्रशिक्षकलाई तालिम प्रदान गर्न उनले आग्रह गरेकी थिइन् । 

कोटहीमाई गाउँपालिका भित्रका विवादहरु सहज रुपले निवारण गर्न तालिमको संचालन गरिएको न्यायिक समिति सदस्य हबीब खाँनले बताए । आदलत र प्रहरी सम्म पुगेका विभिन्न विवादले समय र आर्थिक दुबै खर्चिलो हुनेगरेको भन्दै  स्थानीय क्षेत्रमा भएको विवादलाई स्थानीय तहमै समाधान गर्न उद्देश्यका साथ न्यायिक समिति गठन भएको उनले बताए । 

गाउँपालिकाको सम्पूर्ण वडाबाट २९ जना सहभागीलाई हेमा न्यौपानेले प्रशिक्षण गर्ने उक्त तालिमको औपचारिक कार्यक्रमलाई अजय सिंह क्षेत्रीले संचालन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार