मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

चाडपर्व लक्षित ७४ स्थानमा सुपथ मूल्यका पसल संचालनमा

Ujyalosandeshonline 12461+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशभरी नै चाडवर्पलाई लक्षित गरेर सुपथ मूल्यका पसलहरु सञ्चालन गरिएको जानकारी दिएका छन् । नेपाल खाद्य व्यापार कम्पनीको थापाथलीमा २०८१ सालको चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनको औपचारिक समुद्घाटन समारोहमा बोल्दै उनले आम नागरिकहरुले अनुभूति गर्नेगरी सरकारले चाडवर्पलाई लक्षित गरेर  देशभरी झण्डै ७४ स्थानमा सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिएका हुन् । 

उनले भने,‘नेपाल खाद्य व्यापार कम्पनीको थापाथली केन्द्रबाट आजबाट हामीले देशभरी झण्डै ७४ स्थानमा सुपथ मूल्यका पसलहरु सञ्चालन गरिरहेका छौं । अत्यावश्यक खाद्यन्नमा न्यूनतम पाँच रुपैयाँ र त्यो भन्दा अझ बढि गरेर सुपथ मूल्यका पसलहरु आजबाट देशभरी सञ्चालनमा आउनेछ । सरकारको तर्फबाट प्रदान गरिएको एउटा सहुलियत आम आधाभूत तहका नागरिकहरुले अनुभूत गर्ने गरी सरकारले चाडवर्पलाई लक्षित गरेर सञ्चालन गरेको हो ।’

मन्त्री भण्डारीले संविधान कार्यान्वयनको चरणमा जति चाँडो जान सक्यो त्यति चाँडो जनतालाई शुसानको अनुभूति दिन सकिने बताए । संविधानलाई पूर्ण कार्यान्वयन गर्ने कुरामा कतिपय जटिलताहरु आज पनि अगाडि रहेको भन्दै ति जटिलताहरुलाई हटाएर कार्यान्वयनको चरणमा पुर्याउनु सरकारको दायित्व रहेको बताए । 

उनले भने,‘हामीले अझैपनि संविधानलाई त्यसको कार्यान्वयनको चरणमा जति चाँडो जान सक्यो त्यति चाँडो सुशासनको अनुभूति दिन सक्छौं । हाम्रो आजको आधारभूत आवश्यकतालाई सम्बोधन गरेको देखिन्छ । त्यसैले अझैपनि संविधानलाई पूर्ण कार्यान्वयन गर्ने कुरामा यसका कतिपय जटिलताहरु आज पनि हाम्रा अगाडि छन् । ति जटिलताहरुलाई हामीले हटाउनुपर्ने छ । मुलत यसका मौलिक प्रवन्धलाई कार्यान्वयनको चरणमा पु¥याउनु पर्ने सरकारको दायित्व हो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार