मुख्य समाचार
ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने | लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय | मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न |

सरकार र मन्त्रीहरुकै कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठ्यो : पौडेल

Ujyalosandeshonline 12620+ समाचार ( )
५ असार २०८१, मङ्गलबार

काठमाडौं । कांग्रेस सांसद प्रदीप पौडेलले सरकार र मन्त्रीहरुको कारण सुशासन खलबलिएको, संघीयता र व्यवस्थामाथि प्रश्न उठेको बताएका छन् । उनले विगत र अहिलेका सरकार र मन्त्रीहरुको कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठिरहेको आरोप लगाए ।

मंगलबार प्रतिनिधि सभाको जारी विनियोजन बिधेयकमाथिको मन्त्रालयगत छलफलमा सहभागी उनले बजेट विनियोजनले कानूनी मापद्दण्ड र मर्यादालाई उल्लंघन गर्ने प्रतिस्पर्धा गरिरहेको बताए ।

उनले अघिल्लो पटक सांसद र मन्त्रीले तीनवटा क्षेत्रमा धेरै बजेट विनियोजन गर्दा निकै टिक टिप्पणी भएको स्मरण गराउँदै त्यसबाट सिक्नुपर्नेमा उल्टो आर्थिक अनुशासनलाई पालना नगरेर त्यो भन्दा बढी निर्वाचन क्षेत्र केन्द्रीत बजेट आएको बताए ।

‘यो बजेट बिनियोजनले आर्थिक अनुशासनलाई पालना गरेको देखिँदैन । मन्त्रीज्यू र सरकारका कारण संघीयता र व्यवस्था माथि धेरै टिका टिप्पणी भइरहेको छ । कथनीमा एउटा कुरा गर्ने संघीयताप्रति असाध्यै धेरै प्रतिबद्धता भएको जस्तो देखिने र व्यवहारमा त्यसको उल्टो हुने । यो मात्र होइन विगतका सरकार र मन्त्रीमण्डलमा बस्ने पात्रहरुको कारणले सुशासन खलबलिएको छ, संघीयता र व्यवस्थामाथि प्रश्न उठेको स्थिति छ । सुधार गर्न कोही तयार छैन, खाली बोलीमात्रै राखिएको छ  ।’

यस्तै, सांसद पौडेलले अघिल्लो वर्ष भन्दा यसपाली भौतिक पूर्वाधार मन्त्रालयमा १० अर्ब बजेट बढेर आएको उल्लेख गर्दै राष्ट्रिय आवश्यकता भन्दा विपरित बजेट खर्च हुने प्रवृतिले पूर्वाधार विकास आर्थिक विकासँग नजोडिएको टिप्पणी गरे ।

पौडेलले भने, ‘अहिले जुनजुन मन्त्रालयको बजेट विनियोजनबारे छलफल गरेका छौं सबैमा चालु खर्च बढेको अवस्था छ । राष्ट्रिय आवश्यकता के छ, बिनियोजन कसरी भइरहेको छ, बजेट बिनियोजनले भारतीय पर्यटक स्थलमार्गबाट ज्यादा आउँछन् कि चिनियाँ पर्यटकहरु सजिलो गरी आउने बाटो बनाउन हामी लागिराखेका छौ ? कृषि उत्पादन बजारसम्म पुर्याउनका निम्ती हामीले बाटो बनाउन खोजिरहेका छौं कि पूर्वाधार विकास र आर्थिक विकाससँग कहाँनिर जोडिएको छ ? आर्थिक विकासँग काँही कतै जोडिएकै छैन ।’

उनले शक्तिको आधारमा बजेट आएको र संघीयता विरोधी बजेट मात्रै २० प्रतिशत आएको दाबी गरे ।

यस्तै उनले, प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको भारत भ्रमण राष्ट्रपति रामचन्द्र पौडेलको जारी जर्मन भ्रमणबारे संसद्लाई जानकारी नगराएकोमा असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार