काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुने छन् भन्ने संकल्प गर्न अपिल गरेका छन् । संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति भवनशीलत निवासमा विहिबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त अपिल गरेका हुन् ।
उनले भने,‘हामी संकल्प गरौ कीहाम्रो राज्य, राजकाज र राजनीतिमानागरिक पहिलो स्थानमा हुनेछन् । नागरिकको हित बाहेकहाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन ।’
उनले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प चाहिने उल्लेख गर्दै भने,‘लक्ष्य प्राप्त गर्न साधना चाहिन्छ भन्दै उहाँले लक्ष्य प्राप्त गर्न अविचलित भइ अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ ।’
उनले भने,‘हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्यहासिल गर्न आज महत्वपूर्ण संकल्प गरौं, पहिलो संकल्प गरौं, हामी लोकतन्त्र प्रतिप्रतिवद्ध रहने छौं । जस्तो सुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउने छौ र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौ । अर्को संकल्प गरौं कि हामी सुशासन प्रतिप्रतिवद्ध रहने छौं तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्य मान्यताको सीमा भित्र आवद्ध गर्नेछौं ।’
राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्याय प्रतिप्रतिवद्द रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेश्रो संकल्प गर्न आग्रह पनि गरे । उनले भने,‘भ्रातृत्व, एकता र समभाव हाम्रो जीवन पद्दति हुने छ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ ।’
जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिने छैनौं भन्ने अर्को संकल्प गर्न आग्रह गरे । उनले भने,‘पाँचौ, संकल्प गरौं कि हामी नागरिकको हितका लागि समर्पित हुनेछौ ’
यी संकल्प गर्दै मुलुकको सम्वृद्धिको यात्रामा अघिबढि रहँदा हामीले ध्यान दिनपर्ने केही महत्वपूर्ण विषयहरू भएको बताउँदै उहाँले पहिलो त हामीले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताउनुभयो ।
‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न हामीलाई प्रभावकारी सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशाजगाउन सकोस्, जसले नागरिकलाई यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित छ भनेर लोकतन्त्र प्रति भरोसा जगाउन सकोस’ उनले भने।
उनले संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासनकायम गर्ने, विकास निर्माणलाई तिब्रता दिने र सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने अहिलेको महत्वपूर्ण समयमा यसको पूर्ण कार्यान्वयनमा सबैले ध्यान दिनु अहिलेको आवश्यकता रहेको बताए ।
उनले भने,‘वेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरूलाई जिर्ण र विश्वास हिन बनाउने चिन्ता सर्वत्र भैरहेको छ । यसबाट नागरिकको भरोसा नडगमगाओस् भनेर अब पनि हामीले नसोच्ने हो भने कहिले सोच्ने त ? यो भरोसालाई पुनस्र्थापित नगरी न त हामी संविधानका लक्ष्यहरू प्राप्त गर्न सक्छौ, न त राजनीतिक परिवर्तनले परिणाम दिन्छ । आजका दिनमा हामीले भ्रष्टाचारमा शुन्य सहनसिलतालाई कडाईंका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्छ भन्ने मलाई लाग्छ । ’
आफ्नो संविधान आफैं लेख्न पाउने हामीले पाएको यो सौभाग्य र अवसर कमै मात्र मुलुकका नागरिकले प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै उनले यो गौरवशाली विश्व इतिहास कायम गर्न सफल भएकोमा आजको विशेष दिनमा देशभित्र र बाहिर रहनु हुने सम्पूर्ण नेपालीमा हार्दिक बधाई एवम् शुभकामना व्यक्तगरे ।
यो संविधानले हामीलाई लोकतन्त्रदिएको छ र हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मानप्राप्त गरेका छौं भन्दै राष्ट्रपति पौडेलले यो संविधानले हामीलाई संघीयता दिएको छ, अधिकार सम्पन्न स्थानीयतह दिएको छ र केन्द्रको अधिकार गाउँगाउँसम्म पु¥याउने अवसर दिएको बताए । ‘एकात्मक र केन्द्रिकृत शासन प्रणालीको बदलामा प्राप्त संघीयता हाम्रा लागि संविधानले दिएको महत्वपर्ण उपहार हो, त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र साकार पारौं’ उनले भने ।
लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनौट भइ अहिले संविधानतः तीनै तहका सरकारहरू क्रियाशील रहेको र सरकार मार्फत हामी एक नयाँ भविष्यको यात्रामा आवद्ध भएका छौं, संविधानले प्रदान गरेका यी महत्वपूर्ण उपलब्धिहरू भएको उनको भनाई छ ।
उनले भने,‘त्यो यात्रा मुख्यतः नेपाली नागरिकले परिवर्तनका आन्दोलनमा देखेका सपनाहरू पूरा गर्ने नयाँआशा, अपेक्षा र विश्वास सहितको गौरवमय यात्रा हुनुपर्छ भन्ने पनि मलाई लाग्छ, अतः यो हाम्रो पुस्ताको काँधमा आएको महत्वपूर्ण जिम्मेवारी पनि हो भनेर हामी सबैले बुझ्नुपर्छ, यो जिम्मेवारी पूरा गर्न एउटा लक्ष्य सहित अघि बढ्न आज हामी दृढ भएर संकल्प गरौं’
उनले संविधान मार्फत यो राष्ट्र निर्माणको समय हो र यसका लागि हामीले राज्यको आवधिक र दीर्घकालीन लक्ष्य निर्धारण गर्न आवश्यक छ भन्नेमा जोडदिए ।
उनले भने,‘जुनलक्ष्य, हामी सबै नेपालीको साझा लक्ष्य बनोस्, जुनलक्ष्य, हाम्रा सबै राजनीतिक दलहरूको साझा लक्ष्य बनोस्, जुनलक्ष्य, हाम्रा प्रत्येक युवाहरूको साझा लक्ष्य बनोस् र त्यसले हामी सबैलाई एकता वद्धभइ अगाडि बढ्न प्रेरित गरोस ।’
समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी तथा समाजका विभिन्न क्षेत्रकालब्ध प्रतिष्ठित महानुभावतथा सर्वसाधारणको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाले विभिन्न सांस्कृतिक प्रस्तुतिप्रदर्शन गरेको थियो ।