मुख्य समाचार
बुटवल बसपार्कमा सहायता कक्ष | सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट | बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति | चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध | बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह | रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा | नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड | बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात | बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे | गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल |

गरुडाको जयसवाल स्टोर्समा आगलागी, ४५ लाखको क्षति

Ujyalosandeshonline 12499+ समाचार ( )
९ चैत्र २०८१, आइतबार

रौतहट । रौतहट गरुडाको मुख्य बजारमा रहेको जयसवाल जनरल स्टोर्स आगलागी हुँदा फेन्सी सामनहरु जलेर नष्ट भएको छ । गरुडा नगरपालिका वडा नम्बर ४ स्थित बस पार्किङ स्थल नजिकको फेन्सी पसलमा आगलागी भएको हो ।

आगोलागीबाट पसलमा राखिएको कपडा, जुत्तालगायतका फेन्सीका सामग्रीहरु काम नै नलाग्नेगरि जलेर क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय गरुडाको टोली आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ पुगेको थियो । सुरक्षाकर्मी र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा आएको हो । विद्युत सर्ट भएर आगोलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

आगालागीको घटनाका बारेमा अनुसन्धान भै रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।आगलागीबाट करिव ४५ लाखको क्षति भएको अनुमान गरिएको छ ।आगलागीबाट भएको क्षतिको बारेमा गरुडा नगरपालिकाका नगर प्रमुख  कन्थामणि कलवारले स्थलगत निरीक्षण गरेका छन् । आगलागीबाट धेरै क्षति पुगेकाले यस किसिमको घटना हुन नदिनका लागि आवश्यक सर्तकता अपनाउन उनले सवै व्यापारी बर्गमा आग्रह समेत गरे  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार