मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

Ujyalosandeshonline 11904+ समाचार ( )
१५ असार २०८२, आइतबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल प्रहरीको जवान, हवल्दारलाई आधारभुत तह भनि कानूनमा उल्लेख गर्नुपर्ने बताएका छन् । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनमा तल्लो तहको कर्मचारी भन्ने शब्दहरु प्रयोग गर्ने गरेको भन्दै यसलाई आधारभुत तह भनिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘प्रहरी खास गरेर कार्यालय सहयोगी, प्रहरी जवान, हवल्दारलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नया शब्द प्रारम्भ गरेको छु । प्रहरीको ती कर्मचारीहरुलाई आधारभुत तह भनिनुपर्छ भनेर भनेको छु किनभने प्रहरीको प्यारामिड उहाँहरुमै माथि उभिएको छ ।’

उनले सबैभन्दा ठुलो संख्यामा प्रहरी जवान, हवल्दारलगायतका कर्मचारी सडकमा १६ घण्टा उभिएर काम गर्ने भन्दै यसलाई कानूनमा लेख्दा आधारभुत तह लेख्न प्रस्ताव समेत गरे । बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरुसँग छलफल गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार