मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

रोहिणी-३ मा राष्ट्रिय परिचयपत्र वितरणको कार्यतालिका सार्वजनिक, ४ हजार बढी कार्ड वितरण गरिने

Ujyalosandeshonline 12611+ समाचार ( )
२१ मंगशिर २०८२, आइतबार

धकधई (रुपन्देही) । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ कार्यालयले वडावासीका लागि राष्ट्रिय परिचयपत्र वितरणको कार्यतालिका सार्वजनिक गरेको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै मंसिर २१ गतेदेखि पुस १४ गतेसम्म विभिन्न टोल अनुसार पालो मिलाएर परिचयपत्र वितरण गरिने जनाएको हो ।

विगतमा वडा अन्तर्गतको श्री राम नरेश आदर्श नमुना माध्यमिक विद्यालयबाट राष्ट्रिय परिचयपत्रको फारम भरेका सेवाग्राहीहरूको कार्ड आएको हुँदा वितरण प्रक्रिया अगाडि बढाइएको हो । वडाध्यक्ष वीर बहादुर क्षेत्रीका अनुसार वडामा कुल ४ हजार ३६ जनाको राष्ट्रिय परिचयपत्र आएको छ । ती कार्डहरू सम्बन्धित व्यक्तिलाई सहज रूपमा हस्तान्तरण गर्न वडाध्यक्ष क्षेत्रीसहित वडा सदस्यहरू र कर्मचारीको टोली स्वयं खटिने भएका छन् ।

वडा कार्यालयले कार्ड लिनका लागि सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने बताएको छ । सेवाग्राहीले परिचयपत्र लिन आउँदा आफ्नो सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र भर्दाको फारम (सिस्लिप) अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै वडाले टोल अनुसारको समय तालिका समेत निर्धारण गरेको छ ।

सार्वजनिक गरिएको तालिका अनुसार कदमहवा र बजार टोलका सेवाग्राहीलाई मंसिर २१ र २२ गते तथा चैनपुरवा र साविक धकधई–६ का लागि मंसिर २३ गतेको समय तोकिएको छ । साविक धकधई–५ का स्थानीयले मंसिर २४ गते, अडरीयाटोल धकधईका बासिन्दाले २५ गते र चौकीटोल तथा स्कुल एरियाका सेवाग्राहीले २६ गते परिचयपत्र लिन सक्नेछन् । त्यस्तै, लक्ष्मीनगरका लागि मंसिर २८ र २९ गते, रामनगरका लागि पुस १ गते तथा वैकुण्ठपुर र प्रतिटोलका लागि पुस २ गतेको पालो निर्धारण गरिएको छ ।

यसैगरी नकहीयाटोल, पडरहवा र सेमरहवाका सेवाग्राहीलाई पुस ३ र ४ गते तथा परासिझुङ्गा र शिव मन्दिरदेखि दक्षिण क्षेत्रका बासिन्दालाई पुस ६ देखि ९ गतेसम्म कार्ड वितरण गरिनेछ । तोकिएको मितिमा परिचयपत्र लिन नभ्याएका वा छुटफुट भएका सेवाग्राहीहरूका लागि भने पुस ११ देखि १४ गतेसम्मको समय छुट्याइएको छ । वडाध्यक्ष क्षेत्रीले तोकिएको मिति र समयमा उपस्थित भई आ–आफ्नो परिचयपत्र बुझिलिन सम्पूर्ण वडावासीमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार