मुख्य समाचार
७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन |

संघीयता सवलिकरणका लागि प्रदेशलाई बलियो बनाउन जरुरी: मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12443+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम लगायतका विषयमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुसँगको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भरताको बाटोमा अघि बढेको र पूर्णरूपमा आत्मनिर्भर नहुञ्जेल साझेदारहरूको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

`संघीयताको अभ्यासमा छौँ । नयाँ संरचना प्रदेश हो । प्रदेशलाई आत्मनिर्भर बनाउन खोजेका छौँ । सुरुमा कानुन निर्माण गर्ने काम भयो । अब संघीयताको सवलिकरणका लागि प्रदेशलाई बलियो बनाउने गरी भूमिका बढाइरहेका छाैं´ मुख्यमन्त्री आचार्यले भन्नुभयो-`अहिले प्रदेश र स्थानीय सरकार बलियो बन्दै गएका छन् । सरोकारवालाहरूको भावना समेटेर अघि बढ्न महत्त्वपूर्ण सहयोग भएको छ । कार्यक्रमको क्षेत्र अझै विस्तार गर्नुपर्ने देखिन्छ । सरसफाइको क्षेत्रमा नमुना काम भएको जानकारीमा छ । अब क्षेत्र विस्तारमा पनि ध्यान दिनुपर्छ ।´

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने अभियानमा प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो । यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुले लुम्बिनी प्रदेश सरकारसँग विभिन्न क्षेत्रमा सहकार्य जारी रहेको र संघीयता सवलिकरणका लागि दोस्रो चरणको कार्यक्रम सुरु भएको जानकारी दिनुभयो ।

उहाँले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममार्फत प्रदेश र स्थानीय सरकारको सवलिकरणलाई प्राथमिकतामा राखिएको जानकारी गराउँदै संस्थागत क्षमता वृद्धि गर्नु, सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता ल्याउनु, तथा समावेशी र सहभागी शासन प्रणालीलाई मजबुत बनाउने गरी कार्यक्रम अघि बढिरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार