मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

रूपन्देही सुपरलिगः ‘ए’ डिभिजनका खेल सुरु, वेष्टर्नको विजयी सुरुवात

Ujyalosandeshonline 12547+ समाचार ( )
५ माघ २०८१, शनिबार

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेलहरु सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलहरु भएका थिए । नेपाल सुपर लिगका कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेलहरु पछि धकेलिएका थिए । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु ‘ए’ डिभिजनको पहिलो खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरी क्लबलाई ४५ रनले पराजित गर्दै वेष्टर्नले विजयी सुरुवात गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ३२ ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको मध्यमस्तरको योगफल बनायो । उसका लागि भुवन पाण्डेले २८, निरकुमार गुप्ता र अभिषेश गौतमले समान २०–२० तथा इशान पाण्डेले १६ र देव खनालले १२ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका शाहब आलम, अजयकुमार चौहान र शंकर रानाले २–२ तथा शेहजाद आलमले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले २८ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ९४ रन बनायो र हार ब्यहोर्यो । उसका लागि शंकर रानाले सर्वाधिक २२ रन बनाउँदा निश्चल चौधरीले १६ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिमले हार व्यहोर्यो । खुकुरीलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका सुझाव थापाले ७ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए । यस्तै, इशान पाण्डेले २ तथा सन्देश थापा र अभिशेष गौतमले १–१ विकेट लिए । खेलमा सुझाव थापा प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार