मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह

Ujyalosandeshonline 12348+ समाचार ( )
१३ कार्तिक २०८२, बिहीबार

सङ्खुवासभा । सङ्खुवासभा जिल्लामा भइरहेको निरन्तर वर्षा र उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर लगायत उत्तरी हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिनुभए अनुसार मङ्गलबारदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। उहाँले निरन्तरको प्रतिकूल मौसमका कारण चिसो बढेको, खाद्यन्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव हुनसक्ने भएकाले पदयात्रा जोखिमपूर्ण हुने बताउनुभयो।

उत्तरी क्षेत्रको चार हजार मिटरभन्दा माथिका क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ। प्रशासनका अनुसार हाल मकालु आधार शिविरमा करिब दुई सयभन्दा बढी पर्वतारोहीहरू छन्, जसमा सत्तरी जना विदेशी नागरिकसमेत रहेका छन्। जिल्लाको मकालु, सभापोखरी लगायत उच्च हिमाली भेगमा वर्षा र हिमपात जारी छ।

प्रशासनले वर्षाका कारण पहिरो जान सक्ने तथा सडक अवरुद्ध हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत सबैमा अनुरोध गरेको छ। पहिरोको जोखिममा रहेका परिवारलाई सचेत रहन आग्रह गर्दै प्रजिअ थपलियाले उच्च जोखिममा रहेका परिवारको स्थानान्तरणमा सहजीकरण गर्न जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। कुनै पनि बाढीपहिरोको जोखिम वा विपद्को सम्भावना देखिएमा तत्काल जिल्ला प्रहरी कार्यालय वा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार