मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

रौतहट आगोलागी : दुई करोड मुल्य बराबरको क्षती

Ujyalosandeshonline 12612+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

रौतहट । रौतहटको छुट्टाछुटै स्थानमा गएराती भएको आगोलागीमा करीब दुई करोड मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । बैधिमाइ नगरपालिका ५ कोपुवामा भएको आगोलागीमा एक करोड ७६ लाख बराबरको क्षती पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीन तल्लाको पक्की घरमा आगोलागी भएको हो । घरको अन्डर ग्राउण्ड गोदाममा विधुतको तार सर्ट भै आगोलागी भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।

उनका अनुसार अन्डर ग्राउण्ड गोदाममा रहेका कपडा र चप्पल लगायत गरी एक करोडको क्षती पुगेको छ । एक थान मोटरसाइकल र घरको अन्डर ग्राउण्ड गरी ७६ लाखको क्षती पुगेको उनले बताए । आगो सुरक्षाकर्मी, स्थानियबासी र गौर तथा बैधिमाइ नगरपालिकाको दमकलको  सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक उमाशंकर बताए ।

यसैगरि गौर नगरपालिका वाड न ४ कबिर चोकमा रहेको कृष्णन्नद पटेलको कच्चि घरमा आगोलागी भएको प्रहरीले जनाएको छ  । सोही घरमा रहेको मोटरसाइकल वर्कसपमा रहेको ५ थान मोटरसाइकल, वर्कसपमा रहेका टायर , मोबिल, हावाभर्ने टंकी लगायत गरि १४ लाख  बराबरको क्षती पुगेको रौतहट प्रहरीले जानकारी दिएको छ । सो घरमा रहेको नस्ता पसलमा पनि आगोलागीबाट क्षती पुगेको छ ।

घर, वर्कसप र नस्ता पसल गरी २१ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । दुबै आगोलागीका घटनामा मानवीय र पशु चौपयमा क्षती नभएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार