मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न जरुरी : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12457+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जनता नै सार्वभौमसत्ता सम्पन्न भएको र सम्पूर्ण स्रोत जनतामा नीहित रहेको बताएका हुन् ।

‘जनता सार्वभौमसत्ता सम्पन्न हुन् र सम्पूर्ण स्रोत जनतामा नीहित हुन्छ भन्ने मान्यताका आधारमा हाम्रो जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनेछ’मुख्यमन्त्री आचार्यले भने । संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाटै निर्माण भएको बताउँदै, शहीदहरूको सपना र जनताको आकांक्षा लाई मूर्तरूप दिन वर्तमान शासन प्रणालीलाई सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धितर्फ केन्द्रित गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।

नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि भएका आन्दोलन तथा संघर्षमा सर्वोच्च बलिदान दिने अमर शहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षहरूमा मार्गदर्शन प्रदान गर्ने अग्रजहरूप्रति उनले उच्च सम्मान व्यक्त गरेका छन् ।

वि.सं. २००७ सालमा जहानियाँ निरंकुश राणा शासनविरुद्ध जनताको संघर्षले फागुन ७ गते ऐतिहासिक विजय हासिल गरेको स्मरणमा यो दिवस महत्वपूर्ण रहँदै आएको मुख्यमन्त्री आचार्यले उल्लेख गरेका छन् । उनले जनताको एकताबद्ध सामथ्र्यले संसारका जस्तोसुकै निरंकुशतालाई पराजित गर्न सक्ने, साथै हकअधिकार, मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता प्राप्त गर्न सकिन्छ भन्ने यथार्थलाई प्रजातन्त्र दिवसले सदा स्मरण गराउने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार