नयाँ टिमले क्यानडामाथिको जित ऐतिहासिक : कप्तान जोरा

Ujyalosandeshonline 11142+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । क्यानडा–११ सँगको तीन खेलको एक दिवसीय क्रिकेटको दोस्रो खेलमा मंगलबार जित निकालेपछि कप्तान सन्दीप जोराले नयाँ टिमका लागि यो नतिजा उत्साहजनक रहेको बताएका छन् । 

क्यानडामाथि दुई विकेटको जितपछिको पत्रकार सम्मेलनमा बोल्दै जोराले टिमका सदस्यहरुले योजनाअनुसार प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए । 

उनले भने, ‘टोलीमा हामी सबै नयाँ छौं । आजको जित हाम्रो लागि ऐतिहासिक हो । एकदम खुसी लागेको छ । क्यानडाले दिएको लक्ष्य पछ्याउनेबारे हामीले प्लान गरेका थियौं, सोहीअनुसार खेल्यौं ।’

क्यानडासँगको यस शृंखलाले क्यानमा आबद्ध सबै खेलाडीका लागि अवसर भएको भन्दै शृंखला जित्ने विश्वास रहेको उनले बताए । मुलपानी मैदानमा मंगलबार भएको दोस्रो खेलमा नेपालले क्यानडालाई २ विकेटले पराजित गरेको थियो । 

नेपालको जितसँगै सिरिजमा १–१ को बराबरी भएको छ । यसअघि पहिलो खेलमा क्यानडा विजयी भएको थियो । अब बिहीबार तेस्रो तथा निर्णायक खेल हुनेछ । 

नेपालको जितमा बसिर अहमद र कप्तानको भूमिका रहेका सन्दीप जोराले अर्धशतक हिर्काएका थिए । सन्दीपले ६६ रन जोडे भने बसिरले नटआउट ५२ रन जोडे ।  रशिद खानले जोडेको ४७ रन पनि नेपालको जितको आधार बन्यो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार