मुख्य समाचार
प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित | बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग | बाजुरामा पहिरोले दुई घर बगायो | स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले | शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने | ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ | कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा | प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता | नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै | सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह |

रुपन्देहीकी समाजसेवी ज्ञानु पौड्यालद्वारा प्रतिनिधि सभा सदस्यका लागि मतको अपिल

Ujyalosandeshonline 12093+ समाचार ( )
१० पौष २०८२, बिहीबार

भैरहवा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ की समाजसेवी ज्ञानु पौड्यालले समानुपातिक सदस्यमा उम्मेदवारी दिँदै मतको अपिल गर्नुभएको छ। रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको प्रारम्भिक सूचीमा रुपन्देहीबाट समेटिएका ७ जनामध्ये पौड्याल एक हुनुहुन्छ।

विगत तीन दशकभन्दा लामो समयदेखि सामाजिक तथा सहकारी क्षेत्रमा क्रियाशील पौड्यालले विभिन्न संघ–संस्थाको नेतृत्व सम्हाल्दै महिला सशक्तिकरण, बाल अधिकार, र भ्रष्टाचार विरुद्धको अभियानमा योगदान पुर्‍याउँदै आउनुभएको छ।उत्पादनमूलक क्षेत्रमा लगानी र समाजलाई आत्मनिर्भर बनाउन भूमिका खेल्नुभएकी पौड्यालले आफ्नो लामो अनुभव र सामाजिक पुँजीलाई अब राष्ट्र निर्माणमा लगाउने बताउनुभएको छ। सदनमा पुगेर जनताको विश्वासिलो आवाज बन्ने र नीतिगत पैरवीमार्फत सुशासनयुक्त समृद्ध राष्ट्र निर्माण गर्ने प्रतिबद्धतासहित उहाँले आम मतदातासमक्ष मतदानका लागि अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार