दोश्रो ओमसतिया अध्यक्ष कप :
गाउँपालिका ए ९ विकेटले विजयी

Ujyalosandeshonline 2372+ समाचार ( )
११ चैत्र २०८०, आइतबार

भैरहवा । ओमसतिया गाउँपालिकाको आयोजनामा जारी दोश्रो ओमसतिया अध्यक्ष कप अन्र्तगत आईतबारको खेलमा गाउँपालिका ए टिमले गाउँपालिका बि टिमलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । 

टस जितेर ब्याटिङ्ग रोजेको गाउँपालिका बि ले निर्धारित १५ ओभर पुरा खेल्न सकेन् । १२ दशमलव ३ ओभरमा आफ्ना सबै विकेट गुमाउदै बि टिमले मात्र ८२ रन जोडन् सक्यो । बि टिमका लागि रुपनारायण चौधरीले २८ रन, शैलेन्द्र गुप्ताले ११ रन र टिम कैप्टन विपिन क्षेत्रीले ६ रनको व्यक्तिगत योगदान दिए । 

बलिङ्गमा ए टिमका राहुल ले ३ ओभरको स्पेलमा २१ रन खर्चिएर ३ विकेट लिए । यस्तै मानबहादुर चौधरी र धनेश बरुणले समान २÷२ विकेट लिए । 

८३ रनको विजयी लक्ष्य पाएको टिम ए ले कैप्टन समेत रहेका गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादवको ३२ रनको मद्दतमा ५ दशमलव ४ ओभरमै लक्ष्य भेट्टायो । यादव रुपनारायाण्को बलमा आउट हुनु अघि १६ बलको सामना गर्दै १ छक्का र ६ चौकाको सहयोगमा ३२ रन बनाए । अर्का ओपनर बिरेन्द्र पासी ले १३ बलमा ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ४० रन बनाए । यस्तै मनोज यादवले ६ रन बनाए । 

टिम बि का रुपनारायण चौधरीले मात्र १ विकेट लिन सफल भए । ४० रन बनाएका टिम ए का बिरेन्द्र पासी खेलको म्यान अफ द म्याच चुनिए । 

मंगलबारको पहिलो खेल बिहान ८ बजे ओमसतिया वडा नम्बर २ र वडा नम्बर ६ का बिच, दोश्रो खेल साढे ११ बजे गाउँपालिका ए का बिरुद्ध वडा नम्बर ३ तथा तेश्रो खेल दिउसो २ बजे वडा नम्बर ४ का बिरुद्ध वडा नम्बर ५ का बिच हुनेछ । 

प्रतियोगिता लिग आधारमा खेलाईएको छ । प्रतियोगिताको समूह ए मा ओमसतिया वडा नम्बर २, वडा नम्बर ४, वडा नम्बर ५ र वडा नम्बर ६ रहेका छन् । यस्तै समूह बि मा ओमसतिया वडा नम्बर १, वडा नम्बर ३ र गाउँपालिका ए तथा गाउँपालिका बि टिम रहेको छ । समूह ए बाट पहिलो हुनेले समूहको बि को दोश्रो र समूह ए को दोश्रो हुनेले समूह बि पहिलो टिमसंग चैत्र १६ गते सेमाीफाईनल खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत्र १७ गते खेलाइने छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार