मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

दार्चुला-भारत सीमा पुल ७२ घण्टा बन्द हुने

Ujyalosandeshonline 12437+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

दार्चुला । आगामी साउन ८ र १२ गते भारतको उत्तराखण्ड प्रदेशमा हुने पञ्चायत निर्वाचनको सुरक्षाका लागि नेपालका दार्चुला र बैतडी जिल्लालाई भारतसँग जोड्ने झोलुङ्गे पुलहरू ७२ घण्टाका लागि बन्द गरिने भएको छ । भारतको पिथौरागढमा भएको नेपाल-भारत समन्वय बैठकमा यो निर्णय भएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार, दार्चुलातर्फका सीमा पुलहरू साउन ५ गते बेलुकीदेखि साउन ९ गते बिहानसम्म बन्द हुनेछन् । त्यस्तै, बैतडीको झुलाघाटस्थित झोलुङ्गे पुल साउन ९ गते बेलुकीदेखि साउन १२ गते बिहानसम्म बन्द रहनेछ ।

पिथौरागढका जिल्ला अधिकारी विनोद गोस्वामीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सीमानाका बन्द गर्ने सहमति भएको बताउनुभयो । बैठकमा दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरू र भारतको पिथौरागढ जिल्लाका समकक्षीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार