मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

मन्थली नगरपालिकाको यस वर्षको खर्च झण्डै ८४ प्रतिशत

Ujyalosandeshonline 12450+ समाचार ( )
३१ असार २०८१, आइतबार

रामेछाप । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा झण्डै ८४ प्रतिशत रकम खर्च गरेको छ । यस आर्थिक वर्षमा नगरपालिकाले ८३.७५ प्रतिशत बजेट खर्च गरेको कार्यालयले जनाएको छ ।नगरपालिकाको कूल १ अर्ब ४ करोड ८६ लाख ९८ हजार बजेट मध्ये चालु खर्च तर्फ ८९.३४ र पुँजीगत तर्फ ७४.२ प्रतिशत रकम खर्च भएको कार्यालयले जानकारी दिएको छ । 

यस वर्ष कूल ४ सय ८७ योजना मध्ये ४ सय ७९ योजना सम्पन्न भएका छन् । आठ वटा योजनामा भने यस वर्ष काम हुन नसकेको कार्यालयले जनाएको छ । 

मन्थली नगरपालिकाका १, ३, ७, ८, ११ र १३ का नयाँ वडा कार्यालय भवन बनेका छन् । वडा नं ४ र ५ को भवन निर्माणका लागि निर्माण व्यवसायसँग सम्झौता भएको छ भने ६, ९ र १२ को भवन निर्माणका लागि जग्गा प्राप्तिका लागि पहल भई रहेको नगर प्रमुख लब श्रेष्ठले बताए । 

फोहोर व्यवस्थापनको लागि वडा नं ६  को कल्लेरीमा सर्वेक्षण भई डीपीआर तयार भएको छ । अहिले डम्पीङ साइड नहुँदा नदी किनारमा फोहोर फालिँदै आएको छ । 

नगरपालिकाले ११ वडामा वडागत उत्पादन पकेट कार्यक्रम सञ्चालन गरेको छ । एक वर्षको अवधिमा १ हजार ९ सय ३३ गाई, भैँसी र बाख्रालाई कृत्रिम गर्भाधानको माध्यमबाट नस्ल सुधार गरिएको छ । 

नगरपालिकाले दूध उत्पादन वृद्धिका लागि दूधमा अनुदान कार्यक्रम सञ्चालन गरेको छ । ११ लाख ५५ हजार २ सय ३५ लिटर दूधलाई प्रति लिटर २ रुपैँया ५० पैसाका दरले अनुदान दिएको छ  । 

मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकीका अनुसार नगरपालिकाले २५ जनालाई उद्यम विकास तालिम, १४ जनालाई हार्पिक र साबुन बनाउने तालिम, २० जनालाई कृष्टल बनाउने तालिम, ३१ जनालाई दुना टपरी बनाउने तालिम, १८ जनालाई पञ्चेबाजा बजाउने तालिम, १३ जनालाई ढाका बुनाई, २१ जनालाई मौरीका घार सहित मौरी पालन,  ३१ जनालाई दालमोट र चिप्स बनाउने तालिम, भने २५ जनालाई धूप बनाउने तालिम दिएको छ ।  

नगरपालिकाभित्र रहेका ६७ वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ती गरिएको कार्यालयले जनाएको छ । त्यसै बाल विवाह, छुवाछुत र लागु औषधि प्रयोगलाई निरुत्साहित गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरिएको छ  । 

नगरपालिकाका विपन्न नागरिकलाई उपचारका लागि विभिन्न अस्पतालमा सिफारिस गरेको छ भने नगरपालिकाका १ सय ६ जना दीर्घरोगका बिरामीलाई मासिक ५ हजारका दर उपचार खर्च प्रदान गरिएको छ ।  

नगरपालिकाले एउटा ऐन, ११ कार्यविधि, एउटा निर्देशिका र एउटा नीति गरी १४ ओटा ऐन कानून निर्माण गरेको छ ।  हालसम्म नगरपालिका भित्र करिब ८४.५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । केही सडक पिच र ढलानको तयारीमा छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार