‘किताबबाट मौलिक र आफ्नै माटोको फिल्म बन्नसक्छ’

Ujyalosandeshonline 2372+ समाचार ( )
२८ पौष २०८०, शनिबार

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र निमार्ताहरुले लेखकहरुबाट आएको विषयवस्तुलाई फिल्ममा उतार्न सके मौलिक र आफ्नै माटोको कथा आउन सक्ने बताएका छन् ।

शुक्रबार ‘बोल्दैन फोटो’ कृति सार्वजनिकीकरण र देउराली सम्मान २०८० समारोहमा उनले अहिले चलचित्रहरुको विषयवस्तु एउटै प्रकारको भएको भन्दै पुस्तकहरुबाट मौलिकतामा आधारित फिल्म बन्न सक्ने बताए ।

उनले भने, ‘अहिले चलचित्रहरुको विषयवस्तु एउटै प्रकारको हुन्छ, अमेरिका जाने, साउदी जाने दुःख पाउने यस्तो मात्रै हुन्छ । तर यो बाहेक अन्य पनि धेरै विषयवस्तुहरु हुन सक्छन् । चलचित्र निर्माताहरुले सच्चा लेखकहरुसँग सम्पर्क राख्नुपर्छ । लेखकहरुबाट आएको विषयवस्तुलाई फिल्ममा उतार्न सक्ने हो भने राम्रो, मौलिक र आफ्नै माटोको कथा आउनसक्छ ।’

कार्यक्रममा पुस्तकका लेखक प्राडा.रामप्रसाद दाहालले पुस्तकमा हिमाली जनजीवन र त्यहाँका मानिसको व्यवहार कस्तो छ भन्ने कुरालाई विषयवस्तु बनाएर राखेको बताए । हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन होस भन्ने सोचमा पनि यो कृति आएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार