मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

आहारारा पोखरा गोल्डकपः उपाधिका लागि थ्रीस्टार र आर्मी प्रतिस्पर्धा गर्दै

Ujyalosandeshonline 12547+ समाचार ( )
२० माघ २०८०, शनिबार

पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । २३औं संस्करणको अन्तिम खेल आज दिउँसो २ बजे पोखरा रंगशालामा सुरु हुनेछ ।

थ्रीस्टार क्लब सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १–० र विभागीय टिम नेपाल आमीर्ले सेमिफाइनलमा चर्च ब्वाइजलाई २–१ ले पराजित गरेर फाइनल पुगेका थिए । 

उपाधि चुम्ने दौडमा रहेका दुवै टोली यसअघिको आहारारामा २०७५ सालमा सँगै भिडेका थिए । उक्त खेलमा आर्मीलाई ट्राइबे्रकरमा ५–४ ले रोक्दै थ्रीस्टारले उपाधि चुमेको थियो । त्यसयता आहाराराको फाइनलसम्म पुग्न नसकेका दुवै टिम २३औं संस्करणको  उपाधि भिडन्तमा छन् । 

आहाराराको इतिहासमा थ्रीस्टार ६ पटक सहभागी हुँदा ५ पटक आहाराराको उपाधि जित्ने टिम हो । १५ औं खेलमा सहभागिता जनाएको नेपाल आर्मीले भने उपाधि चुम्न सकेको छैन । यसअघि ४ पटक फाइनल पुगेर पनि आर्मी उपविजेतामै सीमित बन्नुपरेको थियो ।

आहारारामा मनाङमर्स्याङ्दी र नेपाल पुलिस क्लबल सर्वाधिक ६÷ ६ पटकका उपाधि विजेता टोली हुन् । आजको खेलमा थ्रीस्टार उपाधि जितेर मनाङमर्स्याङ्दी र नेपाल पुलिस क्लबलसँगै हुन चाहान्छ । यता आर्मी पनि आफ्नो उपाधि हारको यात्रालाई रोक्न चाहान्छ । यी दुवै टोलीबीचको खेल रोचक हुने दर्शकको अपेक्षा छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार