मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

Ujyalosandeshonline 11139+ समाचार ( )
३ फाल्गुन २०८२, आइतबार

मलङ्गवा (सर्लाही) । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको गोली हानी हत्या गरिएको छ । पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सव–इञ्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । 

अज्ञात व्यक्तिले छातिमा गोली प्रहार गर्दा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो । मृतक यादव मलङ्गवा–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए । घटनाबारे अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार