मुख्य समाचार
बालक हत्या गरेको आरोपमा एक जना पक्राउ | एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता | सप्तरीमा घुस रकमसहित निमित्त कार्यालय प्रमुख र चालक नियन्त्रणमा | रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु | ५ वर्ष अध्यक्ष बन्दा साढे ३ करोड अवैध कमाइ ! पूर्वअध्यक्ष गुप्ता र दुई श्रीमतीसहित परिवारै अदालतमा | कालीगण्डकी कोरिडोरको मालढुङ्गा–बेनी सडक | प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए | रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ | प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान | जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल |

सडक बिस्तारको विषयमा झडप हुँदा प्रहरीसहित १० घाइते

Ujyalosandeshonline 11703+ समाचार ( )
८ असार २०८२, आइतबार

दिपेश पौडेल

रौतहट । सर्लाहीमा सडक बिस्तारको विषयमा विवाद हुँदा दुई पक्ष बिच झडप भएको छ । झडपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १० जना घाइते भएका छन भने प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ । आफ्नो जग्गा बढी मिचिएको भन्दै गएको एक जना महिला बरहथवा नगरपालिका–४ खैराटोलमा ढलान भइरहेको सडकमा आएर बिरोध गरेपछि गाउँले हटाएका थिए ।

सोही दिनदेखि बढ्दै गएको विवाद बिहान भने झडपमा परिणत भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार झडप नियन्त्रणमा लिनेक्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीवाकर गणेश र वरिष्ठ हवल्दार प्रमेश्वर राय यादव घाइते भएका छन् ।

सर्लाहीका प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार प्रहरी निरीक्षक गणेशको हातमा चोट लागेको छ । झडपमा   ५० वर्षका टीकाबहादुर कार्की, ५२ वर्षका कुलबहादुर कार्की, ४२ वर्षीय रमेश महतो कोहरी, उनकी श्रीमती ३८ वर्षीया इन्दु देवी, रमेशकै छोराहरु २८ वर्षीय अनिल कुशवाहा र २६ वर्षीय प्रदीपकुमार कुशवाहा, ३५ वर्षीय उमेश महतो र बरहथवा नगरपालिका–१४, का ३५ वर्षीय सञ्जय कुशवाहा घाइते भएको उनले जानकारी दिए ।

झडपमा घाइते भएकाको उपचार बरहथवास्थित सरकारी अस्पतालमा भइरहेको छ । झडपको विषयमा सोधपुछ गर्न प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । अहिले स्थिति नियन्त्रणमा रहेको र अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार