मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

ईलाका प्रहरी कार्यालय मझागावाको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

जैसमोहम्मद खान 75+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

मर्चवार । ईलाका प्रहरी कार्यालय मझगावाको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार मझगावामा सम्पन्न नागरिक सुनुवाई कार्यक्रममा बोल्ने वक्ताहरुले प्रहरी र समुदाय बिच सहकार्यमा जोड दिएका थिए । 

कार्यक्रमका प्रमुख अतिथि एवम कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले नागरिकको शान्ती सुरक्षाको लागि प्रहरी खटाईएको हुदा उनिहरुलाई सहयोग गर्नु नागरिकको पनि दायित्व रहेको बताए । प्रहरीले कानुन कार्यान्वयनको क्रममा सुक्ष्म अध्ययन गरि निर्दोष फस्न नहुने र दोषीलाई उन्मुक्ति दिन नहुने बताए । 

समुदायमा शान्ती सुरक्षा कायम गर्न नागरिकले कानुनको पालन गर्नुको साथै आफ्नो नजिक भई रहेको वा हुन सक्ने बिभिन्न अपराधहरुबारे प्रहरीलाई जानकारी दिने दायित्व पनि रहेको बताए । उनले कानुन कार्यान्वयनको लागि कोटहीमाई गाउँपालिका प्रहरीको सहयोग गर्न सदैव तत्पर रहेको बताए । 

कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय मझगावाका प्रमुख, प्रहरी निरिक्षक सन्तोष बस्यालले नागरिकमा सुरक्षा चेतनामा कमि भएकोले समुदाय प्रहरी समझदारी कार्यक्रम मार्फत सचेतना फैलाउने बताए । यस्तै साधन श्रोतको कमि तथा नेपाल र भारतको सीमा पनि कानुन कार्यान्वयनमा चुनौती देखिएको बस्यालले बताए । उनले नेपालमा अपराध गरि भारतमा भागेर जाने भएकोले पनि कठिनाइ भएको बताए । कार्यक्रममा प्रहरी निरिक्षक बस्यालले ईलाका प्रहरी कार्यालयले सम्पादन गरेको कामहरु बारे जानकारी गराएको थिए । 

ईलाका प्रहरी कार्यालय मझगावाका प्रमुख सन्तोष बस्यालको अध्यक्षता गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार गौड लगायत स्थानियहरुले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरिक्षक सुभास थारुले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार