मुख्य समाचार
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल | भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ | नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु | ग्यास लिन लामबद्ध नागरिक | धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि |

आज हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

Ujyalosandeshonline 11864+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठक संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक हुने छ । यसअघि चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २ गते (आज) राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाइसकेको छ ।

रकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको भए पनि यद्यपि संसद अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा आइनपुगेको संसद सचिवालयले जनाएको छ । सचिवालयले विभिन्न आठ ओटा विषयलाई आजको सम्भावित कार्यसूचीमा राखेको छ । 

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सदनलाई सुनाउने,चालू अधिवेशनमा विभिन्न मन्त्रालयका सम्बन्धित मन्त्रीले सांसदका प्रश्नको मौखिक उत्तर दिने,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अम्मरबहादुर थापाले ’सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेश गर्ने लगायतका सम्भावित कार्यसूची रहेका छन् । 

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौ वार्षिक प्रतिवेदन २०८० पेश गर्ने, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विद्यालय २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने समेत सम्भावित कार्यसूचीमा उल्लेख छ । 

तर, आजको बैठक पनि कांग्रेसले अवरोध गर्ने तयारी गरेको छ। सहकारीको रकम अपचलनमा मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिनको माग सहित सदन अवरोध गर्दै आएको कांग्रेसले गत शुक्रबार (चैत २८ गते) बसेको बैठकमा नाराबाजी गरेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो। यसैबीच कांग्रेसले आजको संसद बैठक बस्नु अघि बिहान ८ बजेलाई कांग्रेस संसदीय दलको बैठक पनि बोलाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार