मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

शान्ति र स्थिरताका नवग्रह मन्दिरमा विशेष पूजा गरिने

Ujyalosandeshonline 12457+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा भोलि (भाद्र २८, शनिवार)नेपाल राष्ट्रको शान्ति, स्थिरता र दीर्घकालिन समृद्विका लागि ‘राहु महादशा’ विशेष पुजा हुने भएको छ । प्रत्येक शनिवार बिशेष पुजा हुने यस मन्दिरमा देशमा उत्पन्न परिवेशलाई मध्यनजगर गर्दै नेपालमा शान्तिको कामना सहित समृद्विका लागि यस्तो प्रकारको बिशेष पुजा गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए । 

पोखरेलका अनुसार धार्मिक दृष्टिकोणले हेर्दा अहिले देश राहु महादशामा रहेको यसको प्रभावले देशमा राजनीतिक जटिलता उत्पन्न भएको भन्ने धार्मिक मान्यता देखिएको पुजाको आयोजना गरिएको हो । राहु महादशाका बेलामा मानिस वा राष्ट्रले धेरै आकस्मिक घटना, मानसिक तनाव, राजनीतिक अस्थीरता, विदेशप्रति निर्भरता, रोग वा विवाद अनुभव गर्न सक्छ । यी र यस्ता नकारात्मक प्रभावलाई कम गरी सकारात्मक उर्जा बढाउन गर्ने विशेष वैदिक विधि नै राहु महादशा पुजा हो । सामूहिक सत्कर्मद्वारा देशलाई शान्ति, स्थिरता र समृद्वितर्फ मोड्न सकिने विश्वास गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार