मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन पुरस्कार

Ujyalosandeshonline 11002+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्लाका एक–एकजना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पुरस्कृत गरेको छ ।

प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले पाँच हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता पनि उपलब्ध गराएको छ । 

सेवामा उत्कृष्ट भएका प्रदेशका प्रत्येक जिल्लाका एक–एक स्वयंसेवीहरुलाई १५ हजार रुपैयाँसहित चाँदीको सिक्का, साडी, टर्चलाइटसहित सम्मानपत्र प्रदान गरिएको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । गर्भधाणदेखि शिशुको हेरचाहसम्म अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहित गर्न सम्मान तथा पुरस्कार प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रमोर्चामा काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई उचित सम्मान गर्ने बताउँदै आएका थिए । 

प्रजातन्त्र दिवसको अवसर पारेर उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । यसका लागि प्रतिस्थापन विधेकमार्फत आएको बजेटमा व्यवस्था गरिएको मुख्यमन्त्री कार्कीले बताए ।

भौतिकविकासको दिगोपनाका लागि प्रदेश सरकार मानवीय विकासमा केन्द्रित रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘दिनरात नभनी गाउँगाउँमा गएर आमा र शिशुको ख्याल राख्ने, भिटामिन खुवाउने ‘धाई आमा’ हरूलाई सम्मान र प्रोत्साहन गरेर उहाँहरूलाई शिरमा राखेका छौँ ।’

सम्मानित हुनेमा ताप्लेजुङकी पम्फामाया राई, दिलमाया मगर उदयपुर, निरकुमारी राना ओखलढुङ्गा, तिलमायाखड्का सुनसरी, दयावती राजवंशी–झापा छन् ।

यसैगरी, छिरिजम्दा भोटे– संखुवासभा, पुण्यकुमारी पौडेल–खोटाङ र यशोदा ढकाल–पाँचथर, गोमा भट्टराई–तेह्रथुम, सीता तामाङ–भोजपुर, ईश्वरा निरौला– इलाम, सोनीकुमारी चौधरी–मोरङ, ल्हेमी शेर्मा–सोलुखुम्बु र खड्गकुमारी विश्वकर्मा–धनकुटा छन् । 

प्रदेशभर ८ हजार ७ सय ९१ जनामहिला स्वयंसेविका छन् । उनीहरुले मासिक ८ सय रुपैयासम्ममा काम गरिरहेका हुन्छन् । स्वयंसेविकाहरुको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने स्वयंसेविका संघकी कोशी इन्चार्ज रत्ना रिजाल बताउँछिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार