मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

शेर बहादुर मेमोरियल बिद्यालय स्तरिय क्रीकेट प्रतियोगिता
मनकामना र लुम्बिनी शिक्षा निकेतन विजयी

Ujyalosandeshonline 10783+ समाचार ( )
१७ मंगशिर २०८०, आइतबार

भैरहवा । भैरहवामा जारी स्वर्गीय शेर बहादुर सेन्चुरी स्मृति अन्तर बिद्यालय क्रीकेट प्रतियोगिताको दोश्रो दिनको खेलमा मनकामना इङलिस बोर्डिङ हाइ स्कुल र लुम्बिनी शिक्षा निकेतन विजयी भएका छन । 

मनकामनाले नेपाल नालन्दा स्कुललाइ ३ विकेटले र लुम्बिनी शिक्षा निकेतनले काशी नोबेल एकेडेमीलाइ ७ विकेटले पराजित गरेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको नालान्दाले १४ दशमलव ५ ओभरमा सवै विकेट गुमाउदै ९८ रनमा समेटिएको थियो । उसका लागि समिर अलिले ३९, सारिक अलिले १३ र साहिल हरिजनले १० रन बनाए । बलिङ तर्फ मनकामनाका प्रमोद धोबी र अजय गुप्ताले समान ३/३ विकेट,  अनुराग चौधरीले २ विकेट लिए । 

९९ रनको लक्ष्य सहित मैदान छिरेको मनकामनाले १७ दशमलव १ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य भेट्टायो । मनकामनाका लागि राहुल क्षेत्रीले २८ रन, प्रमोद धोबीले २५ रन बनाए । बलिङ तर्फ समिर अलि र सम्राट खातीले क्रमशः ३ र २ बिकेट लिए । मनकामनाका प्रमोद धोबी म्यान अफ द म्याच घोषित भए । 

अर्को खेलमा टस जितेर ब्याटिङ गरेको काशी नोबलले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय १६ रन बनायो । उसका लागि सन्दीप रोक्काले ४९ रन र सोनाम लामाले २१ रन बनाए । बलिङमा लुम्बिनीका सबिर आलमले ४, अब्दुल हबिब र  रजौअल हकले समान २/२ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको लुम्बिनी शिक्षा निकेतन १९ दशमलव ३ ओभरमा ३ विकेट गुमाउदै १ सय १८ रन बनाउदै विजयी भयो । उसका लागि अब्दुल हबिबले अबिजित २९ रन रजौअल हकले अबिजित २८ रन बनाए ।अलिउद्दिन खानले २५ र सन्दिप लोधले १८  रन बनाए । बलिङमा काशीका सौगात लिम्बुले १ विकेट लिए । लुम्बिनीका सबिर लामा म्यानाफ द म्याच घोषित भए । 

मंसिर २३ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका १६ वटा विद्यालयको सहभागिता रहेकाे संघका सचिव संजय गुरुङले बताए । प्रतियोगिताको विजेतालाई रु. ५० हजार, उपविजेतालाई रु. २५ हजारसहित साथै ट्रफी, मेडल र प्रमाणपत्र, म्यान अफ द सिरिजलाई रु. १० हजारसहित ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याटरलाई रु. ५ हजारसहित ट्रफी र प्रमाणपत्र र बेष्ट बलरलाई रु. ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक विजयसिंह ज्ञवालीले जनाए । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच हुनेलाई रु. १ हजारसहित शिल्ड र प्रमाणपत्र र बेष्ट अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने ज्ञवालीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार