मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सहकारी पीडितलाई राहत र दोषीलाई कानूनको दायरामा ल्याइन्छ : उपप्रधानमन्त्री सिंह

Ujyalosandeshonline 11005+ समाचार ( )
११ पौष २०८१, बिहीबार

चितवन । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताएका छन् । विहीबार चितवन विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नागरिकको बचतमा बद्मासी गर्ने दोषीहरुले कुनै हालमा उन्मुक्ति नपाउने बताए । उनले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको बताए । 

‘दोषीहरुलाई कारवाही गर्ने गरि र पीडितहरुको बचत फिर्ता पनि गर्ने गरि सरकारले सिस्टम बनाएर काम गरिररहेको छ,’उनले भने, ‘यो सरकारले यसअघिका सरकारले गर्न नसकेका र बाँकी रहेका कामहरुमा सुधार गर्न काम अघि बढाइरहेको छ ।’

कानूनभन्दा माथि कोही पनि छैन भन्ने कुरा अहिले स्थापित भएको पनि उनले बताए। सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने गरि  सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मंगलबार मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।  

सञ्चारकर्मीहरुले रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा राखेको प्रश्नमा उपप्रधानमन्त्री सिंहले आफूहरु सरकारमा आएपछि विधिको शासनअनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गरे ।

रास्वपाकै सदस्य सहभागि संसदीय समितिको सिफारिसका आधारमा लामिछानेमाथि छानविन अघि बढिरहेको पनि उनले बताए । ‘रुल अफ ल सबैलाई बराबरी लागू हुन्छ भन्ने कुरालाई सरकारले अघि बढाएको छ,’उनले भने, ‘ संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकार बनेपछि विकासको कामले पनि गति लिएको छ । यसअघि रोकिएका कामहरुले पनि गति पाएका छन् ’ 

नवलपुरमा नमूना सदरमुकाम बनाउने काम पछिल्लो ५ वर्षदेखि अगाडी बढ्न नसकेकोमा अहिले आफूले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रक्रिया अघि बढाएको सिंहले बताए । नवलपुर जिल्लाको एकीकृत नमुना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन डीपीआर ०७६ फागुनमा तयार भएपनि काम अघि बढ्न सकेको थिएन ।  त्यस्तै  देशको विशेष संरचनाहरुलाई व्यवस्थापन र सञ्चालनका लागि काम अघि बढेको बताए । यअसघकिा सरकारले उसै हुन्छ भनेका विषयहरुलाई आवश्यक नियमकानून बनाएर सञ्चालनमा ल्याउन अहिले सरकारले द्रुत गतिमा काम गरिररहेको र यसको सकारात्मक परिणाम केही समयमा देखिने दाबी गरे । 

चितवनको सौराहामा आयोजित हात्ति महोत्सवमा सहभागि हुन चितवन आएका उपप्रधानमन्त्री सिंहले महोत्सवहरुले आर्थीक गतिविधि बढाउने बताए । ‘नीजि क्षेत्रले गरेको कुरालाई प्रोत्साहित गर्ने काम त सरकारले गर्नुपर्यो नी । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान राम्रो छ । महोत्सवहरुले त्यसमा टेवा पुग्ने भएकाले यस्तो कार्यलाई बढावा दिनुपर्छ,’उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार