मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

रोयल्टी बाँडफाँडका सूचकहरुलाई परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री कडेल

Ujyalosandeshonline 11844+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले स्थानीय तथा प्रदेश तहले प्राप्त गर्ने रोयल्टी समानताको आधारमा  बाँडफाँड हुनुपर्ने बताएका छन् । प्राकृति श्रोत तथा वित्त आयोगले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको रोयल्टी बाँडफाँड पुनरावलोकन सम्बन्धी कार्यक्रममा मुख्यमन्त्री कडेलले रोयल्टी बाँडफाँडका अहिलेका सूचकहरुमा पुनरावलोकन गर्नुपर्ने धारणा राखे ।

संघीयता पछिको प्रारम्भमा रोयल्टी सम्बन्धी सूचकहरु बनाइएपनि अभ्यासको आधारमा अव पुनरावलोकन गर्नुपर्ने उनको थियो । ‘नयाँ संरचना प्रदेश हो, प्रदेशलाई केन्द्र भागमा राखेर अघि बढदा संघीयता बलियो हुन्छ मुख्यमन्त्री कडेलले भने, त्यसका लागी वित्तिय र प्रशासनिक संघीयता बलियो हु्नुपर्छ ।

पछिल्लो पाँच वर्षको अनुभवले पनि अहिले देखिएको रोयल्टी बाँडफाँडमा असन्तुलन भएको गुनासा सबैतिरबाट आइररहेकोले यसलाई प्रर्याप्त अध्ययन गरेर आयोगले नै सन्तुलित बनाउनुपर्ने मुख्यमन्त्री कडेलको जोड थियो ।

उनले भने, ‘रोयल्टी वितरण गर्न लागेको ५ वर्षभन्दा बढी भयो, अहिलेका सबै विवरण र गुनासाहरुका बारे आयोग जानकार छ, यसलाई सन्तुलित बनाउनेतर्फ तपाईहरुले नै बढी मेहनत गर्नुपछ।’

प्राकृतिक स्रोत साधनको रोयल्टी प्राप्त गर्ने सम्बन्धमा यसको दायरालाई फराकिलो बनाउँदै र  पानी, संस्कृति, सभ्यता लगायतका प्राकृतिक सम्पदाको रोयल्टीलाई बाँडफाँडको दायरामा ल्याउनुपर्नेमा पनि मुख्यमन्त्री कडेलले जोड दिए । 

आर्थिक हिसाबले प्रदेश जति कमजोर छन् प्राकृतिक स्रोतको रोयल्टी पनि उति कम पुगेको बताउदै मुख्यमन्त्री कडेलले अहिलेको वितरणको व्यवस्थाले सिंगो कर्णालीले पाउने रोयल्टी एउटा गाँउ पालिकाको जति पनि नरहेको बताए । 

सबैभन्दा धेरै विद्युत उत्पादन गर्ने क्षमता भएर पनि उत्पादनको अभावमा कर्णाली प्रदेश त्यस्तो रोयल्टीबाट बचित भएको बताउर्दै रोयल्टी प्राप्त हुने क्षेत्रमा लगानीको वातावरण बनाउन संघीय सरकारसँग उनले आग्रह गरे । मुख्यमन्त्री कडेलले रोयल्टी बाँडफाँडको प्रतिशतलाई ४०–३०–३० अनुपातमा बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार