मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |

कोटहीमाईमा ‘संविधान र समावेशिता’ विषयक वक्तृत्वकला प्रतियोगिता, अरुन यादव प्रथम

जैसमोहम्मद खान 73+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा संविधान दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पालिका भित्र रहेका सामुदायिक विद्यालयका माध्यमिक स्तरबाट अन्तर विद्यालय स्तरीय प्रतियोगता बुधाबार सम्पन्न भएको हो । 

‘संविधान र समावेशिता’ विषयक भएको उक्त प्रतियोगतामा सहभागी पालिका भित्रका ७ वटा विद्यालयबाट १४ जना विद्यार्थीहरु मध्ये १३ जनालाई पछि पार्दै श्री बोगडी माध्यमिक विद्यालयबाट कक्षा ९ का विद्यार्थी अरुन यादवले प्रथम स्थान हासिल गरेको प्रतियोगिताको मुल्यांकन समिति संयोजक जगदिश्वर यादवले बताए ।

यसैगरी उक्त प्रतियोगितामा श्री लालविहारी माध्यमिक विद्यालय की विद्यार्थी रिया कुमारी नाउले दित्तीय, श्री बोगडी माध्यमिक विद्यालय कि विद्यार्थी लक्ष्मी प्रजापति तृतीय र श्री मर्यादपुर माध्यमिक विद्यालयका विद्यार्थी नारायण यादवले सान्तोना पुरस्कार हासिल गरेको मुल्यांक समितिका संयोजक यादवले जानकारी दिएका छन् । 

बिजेताहरुलाई पुरस्कार वितारण गर्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले प्रतियोगिताले विद्यार्थी सकारात्मक क्षमताको विकास हुनुको साथै समाजिक ज्ञान पनि दिनेगरेको बताए । उनले भने ‘प्रतियोगितामा बिजेता भएका विद्यार्थीहरु उत्कृष्ट रहेका छन् । यस प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरु अगाडी बढने अवसरको रुपमा लिनु पर्दछ ।

सहभागी भएका सम्पूर्ण विद्यार्थीहरु निरन्तर सकारात्मक प्रयास जारी राख्नुपर्ने छ । ’ विद्यालय स्तर मै शैक्षिक सकारात्मक प्रतिस्पर्धाको भावना हुनु पर्ने अध्यक्ष त्रिपाठीले बताए । बिजेता विद्यार्थी तथा विद्यालयलाई प्रमाण पत्र वितरण गर्दै बिजेता विद्यार्थीहरुलाई बधाई साथै सहभागी सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । 

कार्यक्रममा कोटहीमाई गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड, गाउँपालिका उपाध्यक्ष शसिला कुमारी यादव, कोटहीमाई ५ का वडाध्यक्ष संजय कुमार सैनी लगायतकाले मनतब्य राखेका थिए । कार्यक्रम गाउँपलिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षता र वास संयोजक अजय सिंह क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार