मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

कांग्रेस–एमाले एक ठाउँ हुँदा अर्थतन्त्र बलियो हुन्छ, सरकार स्थिर रहन्छ : कोइराला

Ujyalosandeshonline 12612+ समाचार ( )
२६ असार २०८१, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यतिबेला शिक्षाको अवस्था निकै नाजुक रहेको बताएका छन् । मंगलबार खगेन्द्र न्यु लाइफ एजुकेशन सेकेन्ड्रि स्कुल जोरपाटीले आयोजना गरेको अपाङ्गता विद्यार्थीहरूलाई आवसीय छात्रवृत्ति र अन्य छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । 

उनले भने, ‘शिक्षाको कुरा अहिले सबैलाई थाहा छ, हामी कस्तो शिक्षाबाट गुज्रिरहेका छौं,यस्तो नाजुक अवस्थामा पनि धेरै विद्यार्थीहरूले एसईइमा राम्रो नतिजा लिएर  पास हुनु भएको छ ।’ 

साथैउनलेअहिले देशमा शिक्षा मात्र होइन राजनीतिमा पनि के हुँदैछ भन्ने जनमानसको चासो रहेको बताए । 

यसैबीच नेता कोइरालाले दुईटा ठुला दल कांग्रेस र एमाले मिलेर आलोपालो गरेर सरकारमा जाने निर्णय गरेको पनि बताए ।

उनले भने, ‘२८ गते विश्वासको मत प्रधानमन्त्रीले लिन्छु भन्नु भएको छ, विश्वासको मत लिने अधिकार संविधानले नै दिएको छ । राजीनामा गर्नुपर्छ या त विश्वासको मत छिटो ल्याउनुपर्छ भनेर केही हुनेवाला छैन यो सबै अधिकार संविधानले दिएको हुनाले यसमा हतार गर्नु उचित हुँदैन ।’

साथै उनले अहिले मिडियामा कुन रूपको सरकार बन्ने हो भनि टिकाटिप्पणी चलेका बेलासरकार ७६ (२) कै सरकार बन्नेमा विश्वस्त रहन आग्रह गरे । 

उनले भने, ‘शेखर त ७६ (३) कै सरकार खोजिराखेको छ भन्ने हल्ला सुनें । तर मैंले  पहिले नै भनिसकेको छु हामीलाई स्थिर सरकार चाहिएको हो । अब अर्थतन्त्रलाई  अगाडि बढाउने हिसावले दुई दल कांग्रेस र एमाले मिलेका हौं ।’

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, कांग्रेस नेता लोकेश ढकाल, भुपेन्द्र थापा, गोकर्णेश्वर नगरपालिका वार्ड नं–५ का वडाध्यक्ष नारायण सुवेदी, वार्ड नं–६ का वडाध्यक्ष नबराज लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्याललगायत उपस्थित थिए 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार